Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

पहुँचवालाकै हालीमुहालीमा बजेट

निमुखा, गरिब र विपन्नको हितलाई ध्यानमा राखेर बजेट बनाइँदै आएको छ

User Photo सोमवार, बैशाख ३०, २०७६
काठमाण्डाै ।

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले गत शुक्रबार संघीय संसदकाे दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे फेहरिस्त प्रस्तुत गरे । उनले बजेट राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र बनाउने दाबी गरे ।

पन्ध्रौं योजनाले लिएको विकासका दीर्घकालीन लक्ष्य पूरा गर्ने, देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने, सबै वर्गरसमूहमा विकासको पहुँच पुर्‍याउने, जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सुरक्षाजस्ता विषयमा बजेट केन्द्रीत हुने आश्वासन पनि उनले बाँडे । खतिवडाको भाषण सुन्ने सर्वसाधारणमध्ये कतिले बजेट गरिबको पक्षमा आउने आशा गरे होलान् । तर के अर्थमन्त्री खतिवडाले संसद्मा भनेजस्तै मुलुकको आवश्यकता र प्राथमिकतालाई हेरेर बजेट आउला ? के निमुखा, गरिब र विपन्नको हितलाई ध्यानमा राखेर बजेट बनाइँदै आएको छ ?

अर्थमन्त्री खतिवडाले संसद्समक्ष सैद्धान्तिक विषय राखे पनि वास्तविकता भने त्यस्तो छैन । गरिब र विपन्नको आवाज बजेट बनाउनेसँग पुग्न सक्दैन । अहिले मात्र होइन, विगतदेखि नै सत्तासँग पहुँच पुग्नेहरुको बजेटमा हालीमुहाली हुँदै आएको छ ।  नागरिक दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.