Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सेयर कारोबारमा नयाँ रेकर्ड, एकैदिन १४ अर्ब भन्दा माथिको कारोबार

User Photo बिहिबार, जेष्ठ १३, २०७८
काठमाण्डाै ।

सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीइ संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको यो निर्देशन पछि सेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान थियो । अनुमान अनुसार नै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बिहीबार घट्यो । तर धेरै चर्चा भएजस्तो बजार घटेन । दिनभर उचारचढाव अन्तमा झिनो अंकले घटेर बन्द भएको छ । सेयर कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.