कैलालीको घोडाघोडी नगरपालिका २ नयाँ बजारमा रहेको तिला कर्णाली वचन तथा ॠण सहकारी संस्थाको १० औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रण बहादुर भण्डाराको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथी कैलाली क्षेत्र नम्बर ३ का प्रदेश सांसद अमर बहादुर साउद रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद साउदले सहकारी लाई आगामी यात्राको सुभकामना दिदै सहकारी जनतामुखी हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि राज बिष्ट,वडा नम्बर १ अध्यक्ष मन राज शाही,राष्ट्रिय सहकारी बैंक धनगढी प्रमुख कृष्ण रावल,शेयर सदस्य हरुको सहभागीता रहेको थियो ।
