Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भियग्रा सेवनबाट भएका ४ दर्दनाक घटना

User Photo मङ्लबार, भदौ २४, २०७६
काठमाण्डाै ।

भियग्रा अर्थात् यौनबर्द्धक औषधि । यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो ।

घटना- १,

सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । बेहोसीमा ३५ चक्की भियग्रा खानु उनका लागि ठूलै समस्या बनेर आयो । पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए । उनलाई अस्पतालमा भर्ना गरियो । अवस्था लाजमर्दो थियो । तर डाक्टरहरुले उनको अवस्थालाई हेरेर नहाँस्न अस्पतालका सबै स्टाफहरुलाई उर्दी नै जारी गर्नुपर्यो । उक्त घटनापछि अहिलेसम्म पनि जिउँदै रहन सकेकोमा आफूलाई भाग्यमानी ठान्छन् डेनियल ।

घटना- २,

इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसीमजाकमै वाइनमा दुईवटा भियग्रा हालिदिइन् । उनका पतिको उमेर निकै बढी भएको थियो । उनलाई भियग्राले खराब असर पु¥यायो, जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो । धन्न तत्कालै अस्पताल पु¥याइएकाले ज्यान जानबाट भने रोकियो ।

घटना- ३,

घटना सन् २०१७ को हो । जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो । लोग्नेको साथबाट उनले भियग्राका चार गोली भेट्टाएकी थिइन् । लोग्नेले अरु कुने महिलासँग यौन सम्पर्क राख्नका लागि भियग्रा सेवन गर्ने गरेको उनको आशंका थियो । रिसको झोकमा उनले एकदिन पतिको हत्या गरिन् । टाउकोमा हथौडाले हिर्काएर उनले लोग्नेको हत्या गरेकी थिइन् ।

घटना- ४,

सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रियूजले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महत्या गरे । रेलको लिकमा कुँदेर उनले आत्महत्या गरेका थिए । भियग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन् । सोही पिरले उनले आत्महत्या गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.