Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

एकै दिनमा फ्रान्समा ११ सय २० र अमेरिकामा १३२१ को मृत्यु

User Photo शनिबार, चैत्र २२, २०७६
काठमाण्डाै ।

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए । संक्रमितमध्ये ६ हजार ६ सय ६२ को स्थिती नाजुक छ ।

यद्यपि, १४ हजार ८ सय संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.