Kanoon Post
सोमवार, बैशाख १७, २०८१/ April 29, 2024,
सोमवार, बैशाख १७, २०८१

असार देखी कतारको मुद्रा नचल्ने, बैसाख २७ गतेसम्म साटन म्याद

काठमाण्डाै ।

हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो ।

त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गरिदिने बताएको छ । २७ गतेपछि भने सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

यसअघि भारतले पूर्वजानकारी नै नदिई नोटबन्दी गर्दा ठूलो परिमाणको भारतीय रुपैयाँ नेपालीले साट्न पाएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading