हिजोआज समाचारको शीर्षकमा जाजरकोट र अन्तरजातिय प्रेम चल्तीमा छन् । सामाजिक सन्जालका भित्ताहरू भेरी नदी आसपासका क्रुर घटनाक्रमले भरिएका छन् । आरोपप्रत्यारोप चलिरहेकै छ । नवराज वि.क. र उनका साथीहरूको दुखद् हत्या सबैको चासोको विषय बनेको छ । तर यो घटना पहिलो र नौलो चाहिँ होइन ।
देश छुवाछुतमुक्त भनेर घोषणा भएको निकै भइसक्यो गरिब, पीडित, जनजाति र दलितको आवाज उठाएरै राजनीति थालेकाहरू सत्तामा छन्, एनिजयो-आइएनजिओ डटेर लागेको धाक लगाइराख्छन्, तर समाजमा समस्या ज्यूँका त्यूँ छ ।
यसै सन्दर्भमा कवि विक्रम पवन परियारको सशक्त कविता ‘आवाज’ अहिले भिडियो बनेर युट्युब र सामाजिक सञ्जालमा छाएको छ । केही वर्ष पहिलादेखि कविताका भिडियोहरू बनाउँदै आएको रङ्गकर्मी प्रकेश सिन्धुलीय नेतृत्वको दैलो आर्टस् टिमले कवि पवन परियारको सोही कवितालाई भिडियोमा उतारेको हो ।
भिडियोमा रङ्गकर्मी दीपिका ढकालसहित सुबोध अधिकारी, प्रदीप्त, गायत्री, पुरुषोत्तम लगायतका स्थानीयको अभिनय देख्न पाइन्छ भने भिडियो निर्देशन गरेका छन् प्रकेश सिन्धुलीयले ।
जाजरकोट हत्याकाण्डको झझल्को दिने सो कविताको भिडियोले दर्शकको जिउ त सिरिङ्ग हुन्छ नै । पर्म कविता शृङ्खला अन्तरगत रिलिज भएको सो कविताको भिडियोले अहिले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
हेर्नुहाेस भिडियाे
