Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

तातोपानी बन्दरगाहको काम तिव्र गतिमा: लक्ष्यभन्दा पहिले पुरा, तानोपानी नाका खुल्ने पत्तो छैन

User Photo
बुधबार, अशोज १७, २०७५

तातोपानी नाका नजिकै लार्चामा अत्याधुनिक भवनसहितको सुक्खा बन्दरगाह निर्माण लक्ष्यभन्दा पहिले नै तयार हुने भएको छ। तिव्र गतिमा काम भएकाले लक्ष्यभन्दा २ महिना पहिले नै पुरा हुन लागेको हो।

गत जेठबाट पुननिर्माण सुरु भएको बन्दरगाह एक बर्षमा सक्ने लक्ष्यका साथ काम थालिएको थियो। तर काम द्रुतगतिमा भएकाले त्यसको दुर्इ महिना पहिलै नै सम्पन्न हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले जानकारी दिए।


advertisement

उनका अनुसार, केहि समयअघि समितिले गरेको भ्रमणमा चिनियाँ पक्षहरुले समय सीमाभन्दा दुर्इ महिनाअघि नै हस्तान्तरण गर्ने बताएका छन्। आगामी बैशासम्म सक्ने समय सीमा रहे पनि फागुनमा नै पुरा हुने देखिएको छ।

नेपाल र चीनबीच द्धिपक्षीय सहमतिमा व्यापार प्रवर्द्धनका लागि ०६९ सालेखि बन्दरगाह निर्माण सुरु भएको थियो। बन्दरगाहको मुख्य प्रशासनिक भवनसहित अन्य सबैजसो संरचनाहरुले एक खालको आकार लिर्इसकेका थिए।

८० प्रतिशत काम सकिएपछि २०७२ बैशाखमा भुकम्प गयो। भुकम्पले बन्दरगाहमा क्षति पुर्यायो। चिनियाँ खासा बजार समेत भुकम्पका कारण जोखिममा पर्यों। चीनले बजार नै हटायो। जसका कारण भुकम्पपछि तातोपानी नाका बन्द भयो। सुक्खा बन्दरगाह पनि वेवारिसे जस्तै भयो।

२०१७ मार्च ३१ मा चिनियाँ दुतावास र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका बीचमा सुक्खा बन्दरगाह संचालनमा ल्याउने सहमति भएको थियो। बन्दरगाह चिनियाँ पक्षले तीन तहमा काम गरेर तयार पारिदिने गरि सहमति जुटेको थियो। १५ करोड रुपैयाँ खर्च गरेर पुननिर्माणको काम भैरहेको बेला भोटोकोसीमा आएको बाढीले बन्दरगाहमा क्षति पुर्याएर पुरानै अवस्थामा पुर्याइ दिएको थियो।

बन्दगाहसम्म पुग्नका लागि भोटेकोशीमाथि बनिरहेको पुलसमेत बगार्इ दिएको थियो। प्रोजेक्टको आपतकालिन सुरक्षा गरेर राखिएको थियो। गत जेठमा नेपाल इन्टरमोडल यातायात विकास समितिका तत्कालिन कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच तत्कालै काम सुरु गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएर काम सुरु भएको हो।

अहिले चीनियाँ ४० जना प्राविधिक सहित करिव ३ सय जनाले बन्दरगाहको काम गरिरहेको समितिका इन्जिनियर आचार्यले जानकारी दिए। उनका अनुसार मुख्य गरी दुर्इ खालका कामहरु भैरहेका छन्।

एउटा प्रोजेक्टलार्इ पुरा गर्नका लागि कन्टिन्युटी कन्स्ट्रक्सन र बाढीपहिरोले क्षति नपुर्याओस भनेर डिजयाष्टर म्यानेजमेन्टको काम भैरहेकोछ। बन्दरगाहलार्इ भोटेकोशी नदि र माथि तिरको पहाडको पहिरोबाट जोगाउनका लागि भोटेकोशी नदिमा तीन तहको रिटेनिङ मेसिनरी वाल लगाउने काम भैरहेको छ भने माथि पहाड कटानको काम भैरहेको छ।

त्यसैगरी आयोजनाको मुख्य प्रशासनिक भवन, टर्मिनल  लगायतका संरचनाहरु तयार भैसकेका छन्। अहिले पार्किङको काम भैरहेको इन्जिनियर आचार्यले जानकारी दिए।

त्यसैगरी पुलको फाउण्डेसन तयार भएर अहिले स्ट्रक्चरको कामसमेत सुरु भैसकेको छ। स्ट्रक्चर तयार हुने बित्तिकै त्यसमाथि डेक राख्ने तयारीसमेत भैरहेको छ। बन्दरगाहसम्म पुग्नका लागि ९० मिटर लामो भोटकोशी नदिमा माथि मोटरेल पुल बनाउन लागिएको हो।

अधिकांश संरचना निर्माणको काम पुरा भैसकेको समितिले जनाएको छ। यो करिव ९० रोपनी क्षेत्रफलमा फैलिएको छ। बन्दरगाहमा १ सय ५८ कन्टेनर र २३ वटा गाडी अट्ने गरि टर्मिनल बनार्इएको छ।

चीन सरकारको १ अर्ब २० करोड रुपैयाँ अनुदान सहयोगमा बन्दरगाह निर्माण भैरहेको छ। निर्माणको काम पनि चीनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी ( सिआरसिसी) ले काम गरिरहेको छ। चीन र नेपाल जोड्ने लिपिङ बजारको मितेरी पुलबाट साढे ६ किमी तलतिर सुक्खा बन्दरगाह निर्माण भैरहेको छ। बन्दरगाह पुरा हुन लागेपनि तातोपानी नाका कहिले खुल्ने निश्चित भैसकेको छैन्।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.