Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 24, 2026
सोमवार, जेष्ठ ११, २०८३

न्यु कन्चन हप्ताको तिन दिन खुल्ने

User Photo बुधबार, बैशाख ३, २०७७
झापा ।

लकडाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै सहकारी लगायत वित्तिय सस्थाहरुले निश्चित समयमा कार्यालय खोल्न थालेका छन् । वित्तिय सस्थाहरुले सदस्यलाई आर्थिक समस्या नहोस् भनेर निश्चित समय भएपनि सेवा उपलब्ध गराउन थालेका हुन् ।

लकडाउनमा पनि सदस्यलाई सेवा दिन बुद्धशान्ति- ३ मा रहेको न्यु कन्चन कृषि सहकारी संस्थाले हप्ताको ३ दिन कार्यलय सञ्चालन गर्ने भएको छ ।

बुधबार बसेको संचालक समितिको बैठकले प्रत्येक हप्ताको आईतवार , मंगलवार र बिहिवार कार्यालय खुल्ला रहने सहकारीका अध्यक्ष ईश्वरीराज ढकालले बताएका छन् ।

बिहान १० बजेदेखी १२ बजेसम्मको समयमा कार्यलय खुल्ला रहने जनाउदै सदस्यको आवश्यक्तालाई मध्यनजर गर्दे सदस्यले अत्यावश्यक परेमा संस्थाबाट बचत तथा निछेप फिर्ता गर्न सकिने अध्यक्ष ढकालको भनाई छ ।

आवश्यकता अनुरुप सदस्यलाई आवश्यक परेमा १५ हजार सम्म लगानी गर्ने व्यबस्थापक तिर्थराज तिम्सिनाले बताएका छन् ।उनले सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षालाई ख्याल गरि सेवा दिने बताएका छन् । व्यबस्थापक तिम्सिनाले घरमै बसेर पनि सदस्यलाई सेवा दिइरहेका छन् । उनले ईन्टरनेट मोबाइल बैंकिङको माध्यम बाट सदस्यको मोवाइल रिचार्ज , इन्टरनेट, डिसहोमको रिचार्ज समेत गर्ने गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.