Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

झापाकाे शान्तिनगरमा ११ जनाको आरडिटी परिक्षण

User Photo मङ्लबार, बैशाख ३०, २०७७
झापा ।

बुद्धशान्ति-५ शान्तिनगरमा ११ जनाको र्यापिड डाइग्नसिस टेस्ट (RDT) परिक्षण भएको छ। भारत लगायत तेश्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ परिक्षण गरिएको शान्तिनगर स्वास्थ चौकिका प्रमुख भरत खतिवडाले बताएका छन्।

“हामिले माथिल्लो निकायसँग पिसिआर(PCR) परिक्षणका लागी माग गरिरहेकै छौ, अहिले पहिलो चरणमा बाहिरबाट आएका ११ जनाको RDT परिक्षण गरेका हौं” उनले भने।

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।

RDT परिक्षणमा उक्त एन्टिबडिको परिक्षण हुने हो। त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ।

शरीरमा एन्टिबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।

गत चैतमा लकडाउन शुरुभएलगत्तै वडास्तरीय र्यापिड रेस्पोन्स टिमले (RRT) भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुलाई उच्च निगरानी राखी ६ जनालाई छुट्टै क्वारेन्टाइन र ५ जनालाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको बुद्धशान्ति-५का वडासदस्य डेगेन्द्र कार्कीले बताए।

त्यस यता काठमाडौबाट फर्किनेहरुको संख्या पनि ठूलो छ। गाउँपालिका र अन्य जुनसुकै माध्यमबाट घर फर्किएकाहरु पनि उच्च निगरानीमा रहेको उनले दावी गरे।

यता RDT परिक्षण पश्चात् आफुहरु पनि ढुक्क भएको गत चैतमा कतारबाट फर्किएका रविन भट्टराईले बताए। उनी भन्छन्,”हामी १४ दिनमात्रै होइन अहिलेसम्म पनि लकडाउन पालना गरेरै बसेका छौं, अब यो परिक्षण भएपछि बल्ल ढुक्क भयौं”।

परिक्षण गरिएका सबै ११ जनामा RDT रिपोर्ट नेगेटिभ आएको छ। परिक्षणका क्रममा बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख, इलाका प्रहरी कार्यलयका प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र वडा न.५ का र्यापिड रेस्पोन्स टिमका सदस्यहरुको सहभागिता थियो।

उक्त परिक्षण बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको संयोजनमा भएको थियो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.