बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५३ करोड ५८ लाख ९३ हजार ४ सय ३० रुपैँयाको बजेट सार्वजनिक गरेको छ । बिहिवार सम्पन्न गाउँसभा बाट बजेट, नीति तथा कार्यक्रम पारित गरिएकाे हाे ।
विभिन्न शिर्षकमा निम्नानुसार बजेट छुट्याइएकाे छ –
शान्तिनगरमा टमाटर सस उद्योग सञ्चालन गर्न गाउँपालिकाले लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेकाे छ।
त्यस्तै साविक बुधबारे गाविस क्षेत्रमा सुपारी प्रशोधन उद्योग निर्माणका लागि ५० लाख रुपैँया छुट्याएकाे छ ।
सात बटै वडामा सडक कालोपत्रे गर्न ३०/३० लाख रुपैँया विनियोजन गरिएको छ ।
गाउँपालिकाले वडाका आधारमा निम्नानुसार बजेटको छुट्याइएकाे छ-
वार्ड न. १– १ करोड ६ लाख
वार्ड न. २– १ करोड १२ लाख
वार्ड न. ३– १ करोड ६ लाख
वार्ड न. ४– १ करोड ५ लाख
वार्ड न. ५– ९५ लाख
वार्ड न. ६– ९५ लाख
वार्ड न. ७– ८१ लाख
गाउँपालिकाले सो बजेटको स्रोतका रुपमा संघ समानिकरणबाट १३ करोड ५५ लाख, प्रदेश समानिकरणबाट ७३ लाख ९८ हजार, संघ राजश्व बाँडफाँडबाट ८ करोड ११ लाख ३७ हजार ६ सय २ रुपैँया, प्रदेश राजश्व बाँडफाँडबाट ४९ लाख ४० हजार राखेको छ ।
सशर्त अनुदान १९ करोड ९७ लाख र आन्तरिक स्रोतबाट ११ करोड १२ लाख १७ हजार ८ सय ३० रुपैँयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
