Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

शुल्क बृद्धिको विरोधमा सुर्खेत बहुमुखी क्याम्पसको लेखा शाखामा लागेको ताला अझै खुलेन

User Photo बिहिबार, मंसिर २९, २०७९
काठमाण्डौ ।

सुल्क  वृद्धिको विरोधमा  विद्यार्थीहरुले सुर्खेत बहुमुखी क्याम्पसको लेखा शाखामा अनिश्चितकालका लागी गरेको ताल अझै खुलेको छैन । वीएड र वीवीएस प्रथम बर्षको भर्ना शुल्क बृद्धि गरेको विरोधमा बुधबार विद्यार्थी हरुले  लेखा शाखामा तालाबन्दी गरेका थिए  ।

उनीहरुले बृद्धि गरिएको शुल्क २४ घण्टाभित्र खारेज गर्न समेत माग गरेका छन् । २४ घण्टाभित्र शुल्क बृद्धिको निर्णय फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमहरु चर्काउने विद्यार्थी संगठनहरुको चेतावनी छ । क्याम्पसले वीएड प्रथम बर्षमा ९ हजार र वीवीएस प्रथम बर्षमा १२ हजार शुल्क निर्धारण गरेको छ । अघिल्लो आर्थिक बर्षमा वीएड प्रथम बर्षमा ७ हजार र वीवीएसको ८ हजार शुल्क थियो । क्याम्पसले वीएडमा २ हजार र वीवीएसमा ४ हजार शुल्क बढाउने निर्णय गरेको छ । विद्यार्थीहरूले क्याम्पसले निजी शैक्षिक संस्थाको जस्तो गरी अस्वभाविक शुल्क बृद्धि गरेको आरोप लगाएका छन् । अखिल नेपाल विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले सयुक्त रुपमा तालाबन्दी लेखा शाखामा तालाबन्दी गरेका हुन् । नेपाल विद्यार्थी संघ सुर्खेत बहुमुखी क्याम्पस कमिटीका प्रतिनिधि उमेश न्यौपाने, नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष अकल सिजापति, अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष हरि बुढा लगायतका विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.