Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

ग्रीन फाउन्डेसन नेपालद्धारा मोहन्याल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

User Photo बुधबार, जेष्ठ १९, २०७८
काठमाण्डाै ।

गत मंगलबार जेठ १८ गते सामुदायीक वन उपभोक्ता महासंघको २६ औँ स्थापना दिवसको अवसर पारेर ग्रीन फाउन्डेसन नेपालद्धारा मोहन्याल गाउँपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ ।

सो कार्यक्रममा फाउन्डेसनको तर्फबाट पालीकालाइ ३ थान पि.पि.ई सेट, १९०० थान सर्जिकल मास्क, ३० थान १०० मि.लि. स्यानीटाइजर, १ थान ५ लिटर स्यानीटाइजर, १ थान अक्सीमिटर र ५० जोडा सर्जिकल ग्लोब्स गरी जम्मा रु २६००० बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा पाल्नु भएका सामुदायीक वन उपभोक्ता महासंघका सचिवालय सदस्य नेत्र खनाल ज्युले कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराउदै यो महामारीको घडीमा सम्पुर्ण समुदाय,संघसंस्था र सरकार एक ठाउँमा उभिइ यो महामारीको डटेर सामना गरी यसलाई परास्त गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै मोहन्याल गाउँपालीका जनप्रतिनिधी वडा नं ३ का वडा सदस्य नन्दराम सहकारी ज्युले सरकारले तोकेका सुरक्षाका मापण्डहरु पालना गरेर सुरक्षित रहन सम्पुर्णमा अपील गर्नुका साथै अत्यावस्यक स्वास्थ्य सामाग्री प्रदान गर्ने संस्था ग्रीन फाउन्डेसन नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो । सो कार्यक्रममा फलेविसौना अस्थायी कोभिड अस्पतालका आईसोलेसन ईन्चार्ज खेम ब. बस्नेत, प्रकाश थापा, गोकर्ण बिस्ट, वाग्मती वडु, निखील जैसी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन मोहन्यालका स्थानिय परीयोजना संयोजक टंक रावल ज्युले गर्नुभएको थियो ।

स्थानीय सरकार र स्थानिय स्तरका समन्वयात्मक कार्यहरुबाट नेपालमा सामुदायीक वनको अधिकार सुनिश्चीतता नामक कार्यक्रम हाल देश भरी स्थानिय तह मध्ये ३५ वटामा संचालनमा आएको छ ।

यो पनि


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.