Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

वामदेव कमरेड ! अहिलेकाे अवस्थामा प्रधानमन्त्री बन्न खाेज्नुभयाे भने कहिल्यै बन्नुहुन्न

बुधबार, बैशाख २४, २०७७
नेता, अनेरास्ववियु ।

काेराेनाले देश आक्रान्त छ, सबै शक्ति एक भएर काेराेना विरूद्ध लडनेवेला वा सरकार लडिरहेकाेवेला राजनिती तातियाे । त्यसमा पनि सरकार सञ्चालन गरिरहेकाे नेकपामा गुटजन्य विवाद चुलियाे । प्रधानमन्त्रीकाे राजिनामा देखी पार्टी नेतृत्व फेर्ने सम्म हल्ला फैलियाे । जुन सम्भव थिएन । जुन अहिले पुष्टी भइसकेकाे छ ।

यसले सरकार र पार्टी दुवैकाे कुरा काटने वा सरकार विराेधी शक्तिमा एउटा कारण थप्याे । त्याे पनि कुनै नाैलाे कुरा भएन, जुन पहिले पनि हुदै आएकाे र सरकारले सामाना गर्दै आइरहेकाे थियाे । तर जसरी त्याे कुरा अहिले सेलाउदै गएकाे छ वा त्यती उग्र चर्चा हुन छाेडेकाे छ, त्यसकाे कारण वामदेव कमरेडलाई प्रतिनिधी सभामा लैजाने निर्णय संगै मथ्थर भएकाे देखियाे । वा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको चर्को विवाद उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णयसँगै टुँगिएयाे।

अव अर्काे कुरा व्यापक बन्दै गइरहेकाे छ, वा प्रश्न छ, के वामदेव कमरेड सजिलै प्रतिनिधी सभामा जान सम्भव छ ? यत्राे छवि बनाइसकेकाे, शक्तिशाली नेता चुनाव हारेर अहिले फरक बाटाेबाट जसरी पनि सांसद हुनुपर्ने भन्दै वार्गेनिङ्ग गर्ने स्थिती किन आयाे ? याे कमरेडले साेचेर कसै संग मागेर वा वार्गेनिङ्ग गरेर वा कसैले मैले छाेडेर उपाध्यक्षलाई सांसद बनाए, भनेर गुन लगाउने उहाँकाे व्यक्तित्व संग सुहाउदैन ।

तर अर्काे चुनावका लागी यसलाई वेवास्ता गरेर पनि हुदैन । त्यसैले कसैले बनाइदिएर भन्दा पनि अर्काे चुनावमा जितेर गर्वका साथ प्रधानमन्त्री बन्ने सक्ने क्षमता, याेग्यता र शक्ति छ कमरेड गाैतम, यसलाई ध्यान दिइयाेस ।

कम्रेड विगतलाई मन्थन गर्नुस्, केही निर्णयहरु सहि भए होलान्, केही गलत भए होलान् । इतिहासमा तपाईंको भुमिका कहि ढुलमुल देखियो, कहि चरित्र भावनात्मक, उत्तेजित, आवेगात्मक देखियो । तर मलाई तपाईंको दुइवटा चिज मैले तपाईंको नाम सुनेदेखी मन पर्छ, पहिलो हक्की स्वभाव दोस्रो राष्ट्रबादी चरित्र ।

त्यसैले तपाईंको अभिव्यक्ति मन पर्यो र शुभचिन्तक र पार्टीकाे कार्यकर्ताकाे हैसियतमा सुझाव दिन मन लाग्याे । भाेलीका लागी हाेस, फाइदाजनक र लाेकसम्मत पनि हाेस, तपाइका लागी पार्टीका लागी र हामी सबैकालागी ।

याे मेरो सुझाव हो, कि तपाईं कुनै ठाउँमा चुनाब नलड्नुस, त्यो तपाईंको सिङ्गो राजनीतिका लागी अर्को दुर्भाग्य बन्ने छ । किनकी सत्य के हाे भने चुनाव ताका तपाइ आफ्नै क्षेत्रमा जनताले मन नपराइएकाे नेता हाे ।  तपाईंलाई लाग्ला कि तपाईंले चुनाव पार्टीको आन्तरिक कारणले हार्नु भयाे तर त्यो होइन । बरू के गल्ती भयाे साेच्नुस र अव सच्चिनुस ।

यदि त्यसो सोचियो भने फेरि त्यो पनि तपाईंकाे अदुरदर्शिता हो । केही कारण छन, जस मध्य एउटा कारण हो, जब तपाईंले अघिल्लो चुनावमा दुबै ठाउँमा जित्नु भयाे, त्यसपछि तपाईंले बर्दियाको चुनाव क्षेत्र छोड्नु भयाे । याे गर्न हुन्थेन । त्यतिखेरै बर्दियाली जनता रिसाइसकेका थिए ।

तपाईंले पहिलो चुनावमा प्युठान रोजे पछि दोस्रो चुनाव पनि प्युठान नै रोज्नु पर्थ्यो । त्यो तपाईंले गलत गर्नु भयाे । आखिर तपाईंले दुबैतिरको जनताको मन दुखाउनु भयाे । तपाईंले बर्दियाली जनतालाई गरेको योगदान त्यहाँका जनताले कहिल्यै भुल्दैनन, बिर्सिदैनन तर कहिलेकाही जनताको भावना बुझ्न नसक्दा हार ब्यहोर्नु पर्छ किनकि जनता नै नेताका शक्ति हुन, जसलाई क्षणिक जिते जस्ता भएपनि नेताले कहिल्यै जित्न सक्दैन ।

जनताको अघि कसैको केहि चल्दैन, त्यही भएर भनिन्छ कि नेताले अलि परसम्म हेर्नु पर्छ।अझै केहि बिग्रेको छैन तपाईं आफै अब यो पार्टी दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा लाग्नुस अर्को चुनावमा फेरि बर्दियालि जनतासङ्ग भोट माग्नुस तपाईंको जितलाईं कसैले रोक्न सक्दैन । त्यसपछि यो मुलुकको प्रधानमन्त्री बन्नुस तर अहिले कहिँकतै कुनै पदको लोभ नगरी हालका प्रधानमन्त्रीको सारथि बन्नुस, उहाँलाई सल्लाह दिनुस्, सुझाव दिनुस् कि चरितार्थ गरिदिनुस कि बामदेब के हो ? उसको भुमिका के हो ?

त्यसको फल सिङ्गो पार्टी नेता कार्यकर्ता अनि सिङ्गो स्वाभिमानी जनताले तपाईंलाई दिने छ । अघि बढ्नुस बाटो अफ्ट्यारो छ तर फराकिलो छ तपाईंको भबिष्य उज्ज्वल छ, किनकि तपाईंमा राष्ट्रबादी चरित्र छ।

लाल सलाम, जय स्वाभिमान

  • नेत्र मैनाली, अनेरास्ववियु (केन्द्रिय सदस्य)


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.