Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | May 31, 2026
सोमवार, जेष्ठ १८, २०८३

तिजकाे दर, डर नबनोस्, दारु रहित मनाऔँ तिज

सोमवार, भदौ १, २०७७
लम्की चुहा, कैलाली ।

परापुर्ब काल देखि मनाउदै आएको नारीहरुको महान पर्व हरितालिका तिज बर्षमा एक दिन मनाउने गरिन्छ । यो पर्व राष्ट्रिय पर्वको रूपमा हेरिन्छ । हिमाल कि पुत्री पार्वतीले भगवान शिव महादेवको लागि पुजा आराधना गर्दै तपस्या गर्दै व्रत बस्नु भयाे, असल कुशल योग्य गुणवानले भरिपुर्ण पति पाउँ भनी व्रत बसी पार्वतीले शिव पाएको भनाइ अनुसार हिन्दु धर्मावलम्बीले मान्य नारीहरुले व्रत बस्ने चलन रहेको छ । विवाहित नारीले परिवारको सुख शान्ति समृद्धि र पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने चलन छ । अविवाहित नारीले कुशल असल सफल योग्य शिव जि जस्तो पति पाउ भनेर व्रत बस्ने गरेको विश्वास छ ।

तिज नारिहरुको सबैभन्दा ठूलो पर्व हो । बर्ष भरीका आफ्ना दुख सुख वेदना पोख्ने आफन्त साथी भाइ संग बिसाउने माइतीले छोरी चेली लिन जाने बोलाउने माइतीको आगनमा आएर आफ्ना मनका पिडा भावना दुख सुख बाड्ने मिठो मसिनो खाएर बर्ष भरिएको वेदना गित बाटै पोख्थे ।

समय परिबर्तन भए संगै अहिले तिज केही परिमार्जन भएको छ, समय अनुसार परिवर्तन अवश्य आउँछ नै तर अहिले को तिज मा धेरै विकृति आएको देखिन्छ । मान्छे को सोचाइ फेरिएका छन् समय अनुसार परिवर्तन जरुरी पनि छ । परिवर्तनको नाममा हामीले हाम्रो संस्कृती नै भुल्नु भएन नेपाली पहिरन नेपाली पहिचान रितिरिवाज अथात चालचलन र संस्कृतिको मात्रै होइन सम्पदा बनेको महान पर्व तिज को जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो ।

समय फेरिएको छ, हामी र हाम्रो समाज पनि फेरिएको छ संस्कृतिलाई बचाइ राख्नु पर्छ तर अहिलेको तिज यस्तो हुँदै छ कि एक महिना अघि नै विभिन्न पार्टी प्यालेन्समा दर खाने प्रचलन बढ्दोछ दरको नाममा मदिरा खाएर मनाउने गरेका छन् यसरी दरको नाममा मदिरा को चुस्की बाट सुरु गरेको मध्यापानले हाम्रा छोरी चेलीको भबिस्य कस्तो होला पर्व लाई विकृति तिर धकल्ने होइन संस्कृती बचाउने तिर लागौ ।

तिज पर्वलाई विकृती होइन देखासिकी होइन समय सापेक्ष सामाजिक काम गरेर पर्व मानौ, केही पुन्य काम गरेर धर्म कमाउ, वृद्ध आश्रम, बाल आश्रममा केही सहयोग गरेर, अपाङ्ग, असाय, अनाथ का लागि वाइन नखाइ बियर नखाइ थोरै थोरै गरि केही सहयोग गरि पुन्य कमाउन तिर लागौ सामाजिक काम गरेर तिज पर्व मनाउन तिर लागौ ।

तिज आम नारिहरुको महान पर्व हो तिज सबैको लागि हो तिज ले न जात भात भन्छ, न जाती न धर्म न वर्ण नभनेर इच्छा हुने व्रत बस्छन् तिजमा असमानता हुदैन, भेदभाव हुदैन, तिज यस्तो पर्व हो यसले सबैलाई एकताको सुत्रमा बाध्ने गरेको छ । यो नै यसको विशेषता हाे ।फेरिएको समाजमा यसलाई टिकाइ राख्न तडग भडक नगरेर तिजलाई भड्किलो नबनाएर सरल सजिलो सामान्य तरिकाले संस्कृतिलाई निरन्तरता दिन साधारण खाएर साधारण ल्याएर पनि मनाउन सकिन्छ । आफू संग जेछ त्यसैमा रमाउँ, जस्तो छ त्यसैमा खुशी भएर मनाउन सिकौ, धनी गरिब बिच फरक नदेखाइ सम्मान ढ्ङ्गले मनाउदा राम्रो हुन्छ ।

तिज पर्व मनाउ तर भड्किलो नबनाउ तिज पर्वलाई मदिरा निषेध गर्दा केही फरक पर्छ र किन मदिरा रहित तिज नमनाउने मदिरालाई कन्ट्रोल गरेर साधन पहिरन साधारण खाना खाएर यसैलाई निरन्तरता दिदै जाउ दर कसैको लागि डर नबनोस तिजमा दरलाई दारुको पर्व नमनाँउ आम नेपाली दिदिबहिनीहरुमा आपसी सद्भाव कायम रहोस हरितालिका तिजको सुभकामना ।

  • सीता जैशी, लम्की चुहा, कैलाली


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.