संसद विघटन पछी मात्रै अविश्वास प्रस्ताव दर्ता भएकाे हाे- संसद सचिवालय

बिहिबार, पुस ९, २०७७, काठमाण्डाै । 

प्रतिनिधिसभा विघटनकै दिन पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भयो । तर, कुन पहिला भन्नेमा विवाद बढ्यो । उही कागजमा दुई थरी समय राखेर सार्वजनिक गरियो, एउटा १०ः५० बजे, अर्को ०३ः५० बजे ।

प्रधानमन्त्री ओलीविरुद्ध सत्तापक्षकै ९० जनाको हस्ताक्षर लिएर त्यसदिन अविश्वासको प्रस्ताव दर्ता गर्न सभामुख अग्नि सापकोटासमक्ष पुगेका थिए, जनार्दन शर्मा । सभामुख सापकोटाको तोक आदेशअनुसार दर्ता भएको उक्त प्रस्तावमा दर्ताको समय बिहानको राखिएको भन्दै संघीय संसद्का कर्मचारीले असन्तुष्टि जनाए । कर्मचारीले दिउँसो साढे ३ बजे दर्ता भएको प्रस्तावलाई बिहान दर्ता भएको भनेर गलत सूचना प्रवाह गर्न नहुने अडान राखे । जबकि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट दिउँसो २ बज्न केही मिनेटअघि मात्र प्रतिनिधिसभा विघटन गरिएको सूचना प्रकाशन भएको थियो ।

कर्मचारीको अडानपछि टिपेक्स लगाएर साढे ३ बजे अविश्वास प्रस्ताव दर्ताको समय राखियो । र, त्यही वास्तविक समय थियो । संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति प्रकाशन गरी अविश्वास प्रस्ताव दिउँसो साढे ३ बजे नै दर्ता भएको स्पष्टीकरण दिएका छन् ।

‘अविश्वासको प्रस्ताव सभामुखसमक्ष पेस गरी कार्यव्यवस्था शाखा प्रतिनिधिसभामा दर्ता हुने प्रचलन रहेको र ०७७ पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत रूपमा पेस भई सम्माननीय सभामुखज्यूको तोक आदेश भएपछि सोही दिन अपराह्न ३ः३० बजे कार्यव्यवस्था शाखा प्रतिनिधिसभामा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ,’ प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा मुख्य समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै