Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

संसद विघटन पछी मात्रै अविश्वास प्रस्ताव दर्ता भएकाे हाे- संसद सचिवालय

User Photo बिहिबार, पुस ९, २०७७
काठमाण्डाै ।

प्रतिनिधिसभा विघटनकै दिन पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भयो । तर, कुन पहिला भन्नेमा विवाद बढ्यो । उही कागजमा दुई थरी समय राखेर सार्वजनिक गरियो, एउटा १०ः५० बजे, अर्को ०३ः५० बजे ।

प्रधानमन्त्री ओलीविरुद्ध सत्तापक्षकै ९० जनाको हस्ताक्षर लिएर त्यसदिन अविश्वासको प्रस्ताव दर्ता गर्न सभामुख अग्नि सापकोटासमक्ष पुगेका थिए, जनार्दन शर्मा । सभामुख सापकोटाको तोक आदेशअनुसार दर्ता भएको उक्त प्रस्तावमा दर्ताको समय बिहानको राखिएको भन्दै संघीय संसद्का कर्मचारीले असन्तुष्टि जनाए । कर्मचारीले दिउँसो साढे ३ बजे दर्ता भएको प्रस्तावलाई बिहान दर्ता भएको भनेर गलत सूचना प्रवाह गर्न नहुने अडान राखे । जबकि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट दिउँसो २ बज्न केही मिनेटअघि मात्र प्रतिनिधिसभा विघटन गरिएको सूचना प्रकाशन भएको थियो ।

कर्मचारीको अडानपछि टिपेक्स लगाएर साढे ३ बजे अविश्वास प्रस्ताव दर्ताको समय राखियो । र, त्यही वास्तविक समय थियो । संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति प्रकाशन गरी अविश्वास प्रस्ताव दिउँसो साढे ३ बजे नै दर्ता भएको स्पष्टीकरण दिएका छन् ।

‘अविश्वासको प्रस्ताव सभामुखसमक्ष पेस गरी कार्यव्यवस्था शाखा प्रतिनिधिसभामा दर्ता हुने प्रचलन रहेको र ०७७ पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत रूपमा पेस भई सम्माननीय सभामुखज्यूको तोक आदेश भएपछि सोही दिन अपराह्न ३ः३० बजे कार्यव्यवस्था शाखा प्रतिनिधिसभामा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ,’ प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.