Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

पातको मास्क लगाउँदै गाउँले, गाउँगाउँमा कोरोनाको त्रास

हामीसँग अर्को मास्क छैन

User Photo बिहिबार, चैत्र १३, २०७६
काठमाण्डाै ।

काठमाण्डाै । भारतको छत्तीसगढ राज्यका ग्रामिण क्षेत्रमा समेत कोरोनाभाइरसको संक्रमण फैलिने त्रासले सर्वसाधारणहरु घरमै सीमित भएर आवश्यक सुरक्षा तथा सतर्कताका उपायहरु अवलम्बन गर्न थालेका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट जोखिनका लागि कसैले तीनपत्रे मास्क लगाउन सुझाव दिइरहेका हुन्छन् भने कसैले ‘एन ९५’ मास्क लगाउन भनिरहेका हुन्छन् । गाउँघरमा त्यस्ता मास्क उपलब्ध हुन नसकेका कारण स्थानीयबासीले भने सालको पातको मास्क बनाएर लगाउन थालेका छन् ।

काँकेर जिल्लाको अन्तागढमा पञ्चायत भवनमा आयोजना गरिएको बैठकमा आदिवासीहरु पातको मास्क लगाएर आएका थिए । भर्रीटोला गाउँका एक युवकले भने, ‘हामीसँग अर्को मास्क छैन, त्यसैले घरबाट बाहिर निस्कनु पर्दा हामी पत्ताकै मास्क लगाएर हिँड्छौँ ।’ पातले बनाइएको मास्क ग्रामिण क्षेत्रमा लोकप्रिय भइरहेको छ ।

‘हेर्दा हेर्दै यस्तो मास्क कयौँ गाउँमा प्रचलनमा आइसकेको छ, आदिवासीहरुले दिनभर यो मास्क लगाउँछन्,’ उनले भने, ‘अर्को दिनका लागि फेरि नयाँ बनाउँछन् ।’

चिकित्सकहरुका अनुसार यस्तो मास्कले कोरोना संक्रमणबाट केही हदसम्म जोखिन सकिन्छ । खोक्दा अथवा हाच्छिउँ गर्दा भाइरस सोझै अरुमा पुग्न नसक्ने भएकाले केही हदसम्म यस्तो मास्कले पनि रोग फैलनबाट जोगाउन सक्ने उनीहरुको भनाइ छ । यद्यपि यस्तो मास्कले श्वास फेर्न भने कठिन हुन सक्ने उनीहरुको भनाइ छ ।

रायपुरका चिकित्सक डा. अभिजित तिवारी भन्छन्, ‘आदिवासी समाजले वर्षौं पुरानो परम्परा र ज्ञानले हामीलाई समृद्ध बनाउँदै आएको छ । उनीहरुको पारम्परिक ज्ञानले हामीलाई हमेसा चकित पार्दछ । तर कोरोनाको सवालमा उनीहरु पनि अरु नागरिकजस्तै आ–आफ्नो घरमा बसुन् ।’

उनले सरकारलाई आदिवासी क्षेत्रमा कपडाका मास्क निःशुल्क वितरण गर्न पनि आग्रह गरे ।

बस्तर क्षेत्रका आदिवासीहरुको जीवनमा पत्ताको निकै महत्व छ । उनीहरु खाना खानका लागि पनि साल, सिउडी, पलासको पत्ता प्रयोग गर्दछन् । पत्ता गाँसेर टपरी, दुना बनाउने चलन छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.