Kanoon Post
आइतवार, बैशाख १६, २०८१/ April 28, 2024,
आइतवार, बैशाख १६, २०८१

नेपालमा भेटिए छैटौं कोरोना संक्रमित

काठमाण्डाै ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का छैटौं संक्रमित भेटिएका छन् । कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएको हो।

टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाामा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो। योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ। यसअघि फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियबाट दोहा हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।

यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारर भइरहेको छ। त्यसअघि कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए।

दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।  सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी लकडाउनको घोषणा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading