काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पहिलो जित ऐतिहासिक भएको प्रतिक्रिया दिए ।
सोमबार त्रिभुवन विमानस्थलमा उनले लड्सको सिरिज वर्षाले प्रभावित भए पनि नेदरल्याण्ड्सको सिरिज बराबरी हुनुले आफूहरु उत्साही भएको बताएका हुन् ।
‘एसिया कप छनोट नेपालका लागि अवसरको रुपमा रहेको छ । त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्नेछ,’ उनले भने ।
एसिया कप छनोट नजिकै आइरहेको अवस्थामा पहिलो एकदिवशीय सिरिजको राम्रो प्रदर्शनले भविश्यमा नेपाली टोली माथिल्लो स्तरको क्रिकेटका लागि तयार रहने कप्तान पारसले बताए ।
ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवशीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।
सोमबार बिहान जेट एयरलाइन्सको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतले भव्य स्वागत गरेका थिए ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्याण्ड्सबिरुद्ध पहिलो सिरिजमा बराबरी गरेको थियो । दुई एक दिवसीय खेलको शृङ्खलामा नेपालले १–१ को बराबरी गरेको हो । पहिलो खेलमा ५५ रनको पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
त्यसअघि नेपालले क्रिकेटको मक्का मानिने इङ्ल्याण्डको लर्ड्समा नेदरल्याण्ड्स, मेरिलेवोन क्रिकेट क्लव एमसिसीसँग मैत्रीपुर्ण टि–ट्वान्टी सिरिज खेलेको थियोे । वर्षाले प्रभावित सिरिजमा नेपाल र नेदरल्याण्ड्स संयुक्त रूपमा विजयी भएका थिए ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा नेदरल्याण्ड्सविरुद्धको सिरिज नेपाली क्रिकेटको स्तरोन्नतिका लागि महत्वपूर्ण रहेको बताए । प्रशिक्षक टमाटाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा सुधार गर्नुपर्ने ठाउँ रहेको पनि स्विकार गरे । उनले विश्व क्रिकेटकै पावर हाउस मानिने भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा गर्नका लागि एसिया कप छनोटमा शत प्रतिशत प्रदर्शन गर्ने बताए ।
आगामी अगष्ट २९ देखि नेपालले मलेसियामा एशिया कप छनोट खेल्दैछ । पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ । अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । सेप्टेम्बर १ मा घरेलु टोली मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ । यस प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आसन्न एशिया कप क्रिकेट खेल्नेछ । जहाँ एशियाका पाँच टेष्ट मान्यता प्राप्त मुलुकका टोलीसँग प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द