Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

टोटनहमले म्यानचेष्टर युनाइटेडलाई ३-० ले हरायो

लुकाक माउराको दुई गोल

User Photo
मङ्लबार, भदौ १२, २०७५

लुकास माउराले दोस्रो हाफमा दुई गोल गरेपछि प्रिमियर लिगअन्तर्गत गएराती भएको खेलमा टोटनहमले म्यानचेष्टर युनाइटेडलाई ३-० ले हराएको छ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा टोटनहमले सबै गोल दोस्रो हाफमा गरेको थियो।

लण्डन क्लबका लागि लुकास माउराले दुई तथा ह्यारी केनले एक गोल गरे।

५०औँ मिनेटमा केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। माउराले ५२औँ र ८४औँ मिनेटमा गोल गरे।

यस सिजनमा टोटनहमको यो लगातार तेस्रो जित हो। टोटनहमसँगै लिभरपुल, चेल्सी र वाटफोर्डले मात्र लगातार तीन खेल जितेका छन्।

३ जितपछि ९ अंक जोडेको टोटनहम गोलअन्तरमा लिभरपुलभन्दा पछि रहदै दोस्रो स्थानमा छ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.