Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

एसिया कप छनोट भोलीदेखि, नेपालको पहिलो खेल ओमानसँग

नेपालको पहिलो खेल ओमानसँग

User Photo मङ्लबार, भदौ १२, २०७५

काठमाडौँ : एसिया कप क्रिकेटको लागि मलेसियामा भोलिदेखि ६ राष्ट्र सम्मिलित छनोट प्रतियोगिता हुँदैछ।

छनोटका लागि प्रतिस्पर्धी सबै टिम टिम मलेसिया पुगिसकेका छन्। आयोजक मलेसियासँगै एसियाका दुई एसोसिएट ओडिआई राष्ट्र नेपाल र युएई अनी हङकङ, ओमान र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन्।

अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुने छनोट प्रतियोगिता राउण्ड रोविन लिगमा हुनेछ। लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ र विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कपमा छनोट हुनेछ।

एसिया कप छनोटका लागि नेपालले श्रीलंकामा एक साता तयारी गरेको थियो। त्यहाँ भएको तीनवटै अभ्यास खेल जितेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ।

छनोटको पहिलो दिन तीन खेल हुँदैछ। नेपालले भोली पहिलो खेल ओमानसँग खेल्दैछ। ओमानले पनि मलेसिया जानुअघि श्रीलंकामै तयारी गरेको थियो।

एसिया कप छनोट खेलतालिका

नेपाली टोली:

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिलकुमार शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुबास खकुरेल, बिनोद भण्डारी, सागर पुन


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.