NayaMedia

Advertisment

SKIP THIS
साफ च्याम्पियनसिप

बंगलादेशमा हुने साफ च्याम्पियनसिप एपी वान टिभीले लाइभ गर्ने

काठमाडौँ : बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबल अब नेपाली टेलिभिजनमै लाइभ हेर्न पाइने भएको छ।

सेप्टेम्वर ४ देखि १६ सम्म सञ्चालन हुने च्याम्पियनसिप एपीवान एचडी टेलिभिजनले लाइभ गर्ने भएको हो।

एपीवानले मंगलबार सामाजिक सञ्जालमार्फत साफ फुटबल लाइभ गर्ने पुष्टी गरेको हो। एपीवानले लाइभ गर्नेभएपछि नेपाली दर्शकले नेपालको खेल लाइभ हेर्न पाउने भएका छन्।

साफ च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

च्याम्पियनसिपमा नेपालसँगै आयोजक बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा छ। यस्तै साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा छ। नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन।

 

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
मङ्ल, भदौ १२, २०७५ (August 28, 2018, 7:32 pm) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै