Naya Media
शनिबार, असार ७, २०८२
| | June 21, 2025
शनिबार, असार ७, २०८२
Advertisement

एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

User Photo
मङ्लबार, भदौ १२, २०७५

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गरे ।


advertisement

कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुवात गरिने एन्फाले जनाएको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाको फुटबल विकास कार्यक्रमअन्तर्गत एन्फाले ‘ग्रासरुट’ कार्यक्रम अघि बढाएको हो । कार्यक्रममा आठ देखि १३ वर्ष उमेरसमूहका बालबालिकालाई सहभागी गराई फुटबलको विकास शुरु तहदेखि नै गर्न लागिएको एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए । “फुटबलको जग बलियो बनाउन अभियान शुरु गरिएको छ”, उनले भने ।

अभियान सञ्चालन, फुटबलको गतिविधि बढाउन, मैदानको मर्मतलगायतको कार्य गर्न एन्फाले ४५ वटै जिल्ला फुटबल सङ्घलाई आर्थिक सहयोग र खेलकुद सामग्रीसमेत प्रदान गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहयोग कार्यक्रमअन्तर्गत सुगम जिल्लालाई पाँच लाख नगद र एक लाख बराबरको खेलकुद सामग्री तथा दुर्गम जिल्लालाई १० लाख नगद र एक लाख बराबरको खेल सामग्री सम्बन्धित जिल्ला सङ्घका पदाधिकारीलाई हस्तान्तरण गरे ।

अभियानलाई निरन्तरता दिन एन्फा नेतृत्वको ध्यानाकर्षण गराउँदै उनले “अभियान शुरु गरेर मात्र हुँदैन्, यसले निरन्तरता पाउनुपर्छ, अभियानको निरन्तरताका लागि सरकार सहयोग गर्न तयार छ”, भने ।

उपप्रधानमन्त्री पोखरेलले खेलकुद समाजलाई जोड्ने सूत्र भएको उल्लेख गर्दै पछिल्लो समयमा खेल क्षेत्रमा समेत राजनीतिक प्रभाव पर्न थालेकाले यसलाई अन्त्य गर्नुपर्ने सुझाव दिए ।

राजनीति हस्तक्षेपका कारण खेल क्षेत्र प्रभावित भएको बताउँदै उनले खेल क्षेत्रमा राजनीतिक नियुक्ति गर्दा खेलकुदकै विज्ञहरुलाई गर्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री पोखरेलले सरकार अहिले ऐन, नियम र कानून बनाउन लागि परेकाले विकास निर्माणका काममा केही ढिला भए पनि जनतासामु गरेको वाचा पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अभियानलाई आगामी वर्षदेखि वार्षिक कार्यक्रममा राखेर अघि बढाइने बताउँदै फुटबलको विकासका लागि आगामी वर्षदेखि यू–१४, यू–१६ र यू–१८ को राष्ट्रिय लिग गर्न एन्फाले तयारी गरिरहेको जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.