Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

२० वर्षपछि नेपालले एसियाडमा जित्यो रजत पदक, प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक सफलता

एसियाड

User Photo
बुधबार, भदौ १३, २०७५

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा पदकको खडेरी तोड्दै नेपालले रजत पदक जितेको छ। प्याराग्लाइडिङअन्तर्गत पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले बुधबार रजत पदक जितेको छ।

स्वर्ण जितेको जापानभन्दा नेपाल २७ अंकले मात्र पछि पर्यो। यस्तै आयोजक इन्डोनेसियाले कास्य जित्यो।

पाँच राउण्डमा भएको स्पर्धामा नेपालले कूल ११ हजार ३६४ अंक जोड्दा जापानले ११ हजार ३९१ अंक जोडेको थियो।
नेपाली टिममा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा थिए।

प्याराग्लाइडिङमा रजत जितेपछि नेपाल पदकतालिकामा समेत समावेश भएको छ र ३२औँ स्थानमा छ। अहिलेसम्म १०० स्वर्ण जित्दै चीन पहिलो तथा जापन ४८ स्वर्णका साथ दोस्रो स्थानमा छ।

नेपालको लागि एसियाडमा पदक जित्ने प्याराग्लाइडिङ चौथो खेल हो। यसअघि नेपालका लागि तेक्वान्दो, बक्सिङ र करातेले पदक दिलाएको थियो। यस पटक भने यी खेलले रित्तो हात फर्केको छ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.