Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेट पराजित, युएई र मलेसिया विजयी

User Photo बुधबार, भदौ १३, २०७५

काठमाडौँ : नेपाल एसिया कप छनोटअन्तर्गत पहिलो खेलमै ओमानसँग ७ विकेटले पराजित भएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले १२ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा गरेको हो।

ओमानका लागि खावर अलीले नटआउट रहदै सर्वाधिक ८४ रन बनाए भने जिसन मक्सुद ४५ रनमा नटआउट रहे। यस्तै वैभव वाटेषाओनकरले ४१ र जतिन्दर सिंहले ३० रन जोडे। नेपालका लागि कप्तान पारस खड्काले मात्र १ विकेट लिए। ओमानका २ खेलाडी रनआउट भएका थिए।

 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो।

नेपालको लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा आरिफ शेखले ३६ रन जोडे। करण केसीले नटआउट २६ रन जोडे। बलिङमा ओमानका बिलाल खान, मोहम्मद नदिम र अजय लाचेटाले २-२ विकेट लिए।

 

नेपालले अब दोस्रो खेलमा ओली युएईसँग खेल्नेछ। युएईले आज भएको खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरिसकेको छ। अर्को खेलमा आयोजक मलेसियाले ३ विकेटले हङकङलाई हरायो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.