Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

मेस्सीको प्रेरणामा बार्सिलोनाको गोलको वर्षा

User Photo सोमवार, भदौ १८, २०७५

 लुइस सुवारेज र लियोनेल मेस्सीले दुई–दुई गोल गरेपछि बार्सिलोनाले नवप्रवेशी हुएस्कामाथि ८–२ को विशाल जीत हासिल गरेको छ ।

तर, खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । कुचो हर्नान्डेजले खेलको तेस्रो मिनेटमा नै हुएस्कालाई अग्रता दिलाए ।

लगत्तै मेस्सीले खेल बराबरी गरे । खेलको २४ औँ मिनेटमा जर्ज पुलिडोले आत्मघाती गोल गरेपछि बार्साले अग्रता लियो ।

पहिलो हाफ सकिन लाग्दा सुवारेजले बार्साको अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा गालार फाल्गुएराले हुएस्काका लागि एक गोल फर्काए । तर, त्यसपछि बार्साले पुनः गोलको वर्षा गर्यो ।

ओसमान डेम्बेले, इभान र्याकिटिच, मेस्सी, जोर्डी आल्बाले गोल गरे । खेलको अन्त्यतिर पेनाल्टीबाट मेस्सीले आफ्नो ह्याट्रिक पुरा गर्ने अवसर पाए पनि उनले सो अवसर सुवारेजलाई दिए ।

खेलमा मेस्सीले दुई गोल गर्नुका साथै दुई गोलको अवसर सृजना पनि गरे ।

जीतसँगै गोलअन्तरको आधारमा बार्साले रियललाई लिगको शीर्ष स्थानमा उछिनेको छ ।

आइतबार भएको अन्य खेलमा आलाभेसले एस्पानियोलाई २–१ ले पराजित गर्यो भने सेभिया रियल बेटिससँग १–० ले स्तब्ध बन्यो ।

भ्यालेन्सिया भने लेभान्तेसँग २–२ को बराबरीमा रोकियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.