Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

User Photo
शुक्रबार, अशोज १९, २०७५

साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ ।

भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । तर भारतलाई पराजित गर्नु नेपाललाई त्यति सजिलो भने छैन । किनभने भारत बलियो टिम हो ।

भारत समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो । नेपाल भने समूह बीको उपविजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशसँग २–१ गोलअन्तरले पराजित हुदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

यता, भारतले भने पहिलो खेलमा आयोजक भुटानलाई ४–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.