Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

सेमिफाइनलमै रोकियो नेपालको यात्रा, भारतसँग १–० ले पराजित

User Photo
सोमवार, मंसिर ३, २०७५

काठमाडौं। पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनलमै रोकिएको छ । गुवाहाटी रंगशालामा आइतबार भएको खेलमा भारतको मनिपुरले नेपालको सिएमजी भेट्रान क्लबलाई १–० गोलले हरायो ।

अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा त्यति जम्न सकेन ।

नेपालले समूह चरणको पहिलो खेलमा भारतको डिमापुरलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा मेट्रो आसामलाई गोलरहित बराबरीमा रोकेको नेपालले तेस्रो खेलमा आसामलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

भारतको युनाइटेड ब्रदर्स क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.