Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

रोनाल्डोको गोलसँगै फियोरेन्टिनामाथि युभेन्ट्सको रवाफ

User Photo
आइतवार, मंसिर १६, २०७५

 रोजाईका स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा इटालियन सिरि एको साविक विजेता युभेन्ट्सले फियोरेन्टिनालाई ३–० गोलले हराएको छ ।

फियोरेन्टिनाको घरेलु मैदानमा शनिबार राती भएको एकपक्षीय खेलमा युभेन्ट्सका लागि रोड्रिगो बेन्टानकुरले ३१औं मिनेटमा खाता खोले । पहिलो हाफमा १–० ले अगाडी बढेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

६९औं मिनेटमा जर्जियो चिलिनीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । त्यसपछि ७९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले एक अर्को गोल थपेका थिए । रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । रोनाल्डोले युभेन्ट्सका लागि पहिलो सिजनमै १० गोल गरिसकेका छन् ।

उपाधि रक्षाको दौडमा रहेको युभेन्ट्सले १४ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । एक खेलमात्र बराबरी खेलेको युभेन्ट्सको ४० अंक छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको नापोलीको एक खेल कम खेल्दै २९ अंक छ । फियोरेन्टिनाले १८ अंक बनाएको छ ।

सिरिए अन्तर्गतनै शनिबार राती भएको अर्को खेलमा साम्पडोरियाले बोलोग्नालाई ४–१ गेलले हरायो । इमपोली र एसपीएएलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.