Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

सिटीको सानदार जितमा साने र महारेजको गोल

User Photo
बुधबार, मंसिर १९, २०७५

इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

लिग अन्तर्गत मंगलबार राती भएको खेलमा सिटीले वाटफोर्डलाई उसैको मैदानमा २–१ गोलले पराजित गर्यो । उपाधि रक्षाको दौडमा रहेको सिटी यस जितसँगै १५औं खेलसम्म अपराजित रहेको छ ।


advertisement

सिटीले ४०औं मिनेटमा लेरोए सानेको गोलबाट अग्रता बनाएको थियो । सानेले रियाद महारेजको पासलाई सदुपयोग गरेका थिए । ५१औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीको अग्रदा दोब्बर बनाए । रियादले गाब्रियल जेससको पासलाई गोल गरेका थिए ।

बलियो सिटीको दवाव झेलेको वाटफोर्डका लागि ८५औं मिनेटमा एबिडौलाय डाउकोरेले सान्त्वना गोल गर्दै टोलीलाई खेलका फर्काउने प्रयास गरे । तर अन्तिममा सिटीले रक्षात्मक खेल खेल्दै टोलीको जित सुनिश्चित बनायो ।

जितसँगै शीर्ष टोली सिटीले १५ खेलबाट ४१ अंक बनाएको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको दुरी ५ अंकले बढाएको छ । २० अंक बनाएको वाटफोर्ड ११औं स्थानमा छ ।

मंगलबार रातीनै भएको अर्को खेलमा १० खेलाडीमा समेटिएको ब्राइटन होभ अल्वियोनले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । ब्राइटनका ग्लेन मुरे, लियोन बालोगन र फ्लोरिन एन्डनले गोल गरे ।

क्रिस्टलका लुका मिलिभोजेभिकले सान्तवाना गोल फर्काएका थिए । २८औं मिनेटमा ब्राइटनका सेन डफीले रातो कार्ड खादै मैदान छाडेका थिए । जितपछि ब्राइटन २१ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेस १२ अंकका साथ १५औं स्थानमा छ । अन्य खेलमा वेस्टहाम युनाइटेडले कार्डिफ सिटीलाई ३–१ गोलले पराजित ग¥यो । बर्नमाउथले हडल्र्सफिल्डलाई २–१ गेलले हरायो ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.