Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

चेल्सी र युनाइटेड बराबरीमा रोकिए

सुरुवाती अग्रता युनाइटेडले लिएको थियो

User Photo सोमवार, बैशाख १६, २०७६
काठमाण्डाै ।

इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा खेलिएको खेलमा सुरुवाती अग्रता युनाइटेडले लिएको थियो ।

युनाइटेडका लागि ११ औं मिनेटमा जुआन माटाले गोल गरेका थिए । युनाइटेडको गोलपछि आक्रामक देखिएको चेल्सीले ४३ औं मिनेटमा बराबरी गोल फर्कायो । चेल्सीका लागि मार्कस अलन्सोले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा खेल बराबरीमा सकियो ।

बराबरीसँगै चौंथो स्थानमा यथावत रहेको चेल्सीले ३६ खेलबाट ६८ अंक बनाएको छ । छैटौं स्थानमा रहेको युनाइटेडको ६५ अंक छ । पाँचौं स्थानमा रहेको आर्सनलको ६६ अंक छ । यी तीन टोलीबीच शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने होडबाजी तिब्र छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.