रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटबाट बाहिरएको छ ।
मंगलबार भएको बैंगलोर र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्ध भएसँगै बैंगलोर बाहिरिएको हो । वर्षाको कारण पाँच ओभरमा घटाईएको खेलमा बैंगलोरले दिएको ६३ रनको लक्ष्यसहित राजस्थानले जवाफी ब्याटिङ गर्दै गर्दा पुनः पानी परेपछि खेल रद्ध गरिएको थियो ।
बैंगलोर यस सिजन आइपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ । लिगको पुछारमा रहेको बैंगलोरले १३ खेलबाट ९ अंक छ । राजस्थानको भने प्ले अफमा पुग्ने सम्भावना कायम छ । राजस्थानको ११ अंक छ ।
