Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

सागर ढकाल एक्लैले लिए ५ विकेट, जितका लागि ९६ रनको लक्ष्य

User Photo मङ्लबार, असार २४, २०७६
काठमाण्डाै ।

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै छन् । नेपालले जितका लागि ९६ रनको लक्ष्य पाएको छ। क्वालालम्पुरको किनरारा मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो , पहिले ब्याटिङ गरेको हङकङको युवा टोलीले ४३.१ ओभरमा अलआउट भई ९५ रन बनाएको छ ।

नेपालका सागर ढकाले एक्लैले हङकङको ५ विकेट लिएका छन् । १० ओभर बलिङ गरेका उनले ५ मेडनसहित १८ रन खर्चिएर ५ किवेट लिएका हुन् । सागरले क्रमशः पहिलो, तेस्रो, तेह्रो, पन्ध्रौं र २३औं ओभरमा विकेट लिएका थिए । सागरपछि कमलसिंह ऐरीले ३ विकेट लिन सफल भए । कुशल मल्ल र पवन सरार्फले एक–एक विकेट लिए ।

हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन बनाए । कल्हान चल्लुले १९, राउनक कपुरले १२ र मोहमद हसनले ९ रन जोडे । चार ब्याट्सम्यान शून्य रनमै आउट भए ।

नेपालले समूह चरणका खेलमा चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । सोमबार भएको सेमिफाइनलमा मेलेसियालाई ७ विकेटले पराजित गरी नेपाली युवा टोलीले फाइनलमा प्रवेश गरेको हो । इस्टर्न रिजनको यस छनोट प्रतियोगिताको उपाधि जितेमा नेपाल आगामी अगस्ट-सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.