Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सिटीको सानदार जित

User Photo बिहिबार, अशोज २, २०७६
काठमाण्डाै ।

इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले युक्रेनको सख्तर डोनेस्कलाई उसैको मैदानमा ३–० गोलले हरायो । सिटीको जितमा रियाद महारेजले २४औं मिनेटमा पहिलो गोल गरे ।

३८औं मिनेटमा गुन्डोगोनले दोब्बर बनाए । ७६औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै सिटीको जित सहज बनाए । जितसँगै समूह ‘जी’ मा रहेको सिटीले तीन अंक बनाएको छ । सख्तर डोनेस्कको अंक विहिन बनेको छ ।

यही समूहको अर्काे खेलमा क्रोएसियाको डाइनामो जाग्रिवले इटालियन क्लब एटलान्टालाई ४–० गोलले हरायो । जाग्रवको शानदार जितमा मिस्लभ ओरसिसले ह्याट्रिक पूरा गरे । मिस्लभले ३१औं, ४२औं र ६८औं मिनेटमा गोल गरेका थिए । यसअघि मारिन लियोभाकले १०औं मिनेटमा सुरुवाती गोल गरेका थिए । जितसँगै डाइनामो जाग्रिव तीन अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अंकविहिन एटलान्टा अन्तिममा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.