Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

सहिद लाल बहादुर बम र सहिद लोकराज ढकाल स्मृति कप व्याडमिन्टन प्रतियोगिता २०७६ हुने

खेलमा जुनसुकै उमेर समुहका खेलाडिले सहभागीमा जनाउने सक्ने

User Photo मङ्लबार, मंसिर २४, २०७६
काठमाण्डाै ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ लम्की चुहा नगर कार्यसमिति द्दारा आयोजित सहिद लाल बहादुर बम र सहिद लोकराज ढकाल स्मृति कप व्याडमिन्टन प्रतियोगिता २०७६ हुने भएको छ ।
सुदुरपश्चिम प्रदेशको प्रदेशद्धाराको लम्की चुहा नगरपालिका वडा नम्बर १ लम्किमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल मर्मका साथ यहि मिति २०७६ साल पौष ३ गते देखि सहिद लाल बहादुर बम र सहिद लोकराज ढकाल स्मृतिकप ब्याडमिन्टन प्रतियोगिता २०७६ आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
डबल बिधामा खेलाईने खेलमा जुनसुकै उमेर समुहका खेलाडिले पनि सहभागी जनाउन सक्ने आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता लभ शाहिले जानकारी दिनु भयो ।

नेपाली कांग्रेसको भात्री संगठन तरुण दलमा आबद्ध लोकराज ढकाल तत्कालीन मावबादी द्धन्दमा कैलालिको लम्की चुहा नगरपालिका मोतिपुरमा मारिनु भएको थियो भने सहिद लाल बहादुर बम २०४६ को आन्दोलनमा तत्कालिन पञ्चायती सरकारको तर्फबाट मारिनु भएको थियो । खेलको उद्घाटन पौष ३ गते बिहान ११ बजे हुने छ ।
खेल कैलालीको लम्किमा रहेको झुङ्गा रिसोर्टको कबर्ड हलमा हुने छ । प्रथम पुरस्कार नगद पचास हजार एक मेडल ट्रफी प्रमाणपत्र द्दितिय पुरस्कार नगद पच्सिस हजार एक मेडल ट्रफी प्रमाणपत्र र तृतिय पुरस्कार नगद दस हजार एक मेडल ट्रफी र प्रमाणपत्र दिइने छ ।
टिम दर्ता सुल्क एक हजार पचास रहेको बताइएको छ । २०७६ पौष २ गते साझ ५ बजे सम्म टिम दर्ता गर्न सकिने छ । खेलको माध्यामबाट लम्की क्षेत्रलाई चिनाउने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.