Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

च्यासलमाथि जाउलाखेलको सानदार जित

User Photo मङ्लबार, पुस १५, २०७६
काठमाण्डाै ।

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा जाउलाखेलले च्यासललाई २–० गोलले हरायो ।

जाउलाखेलको जितमा रुपबहादुर लामा र विजय घलानले एक एक गोल गरे । ८०औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । ८२औं मिनेटमा विजय घलानले गोल गर्दै जाउलाखेलको जित सुनिश्चित पारे ।

लिगको उपाधि चुम्ने दावी गर्दै आएको च्यासलले भने सोचे जस्तो प्रदर्शन गर्न सकेन । यस हारसँगै च्यासलका कप्तान सन्तोष साहुखलको घरेलु लिगका सय गोल पुर्याउने सपना पनि पर सर्दै गएको छ । अघिल्लो खेलमा पनि च्यासल एनआरटीसँग पराजित भएको थियो । लगातार दुई खेलमा गोल गर्न नसकेको सन्तोष अझै ९९ गोलमा अड्किएका छन् ।

सुरुवाती दुई खेलमा भने सन्तोसले तीन गोल गर्दै कूल लिग करियरको ९९ गोल पुर्याएका थिए । जितसँगै जाउलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जाउलाखेलले चार खेलबाट आठ अंक बनाएको छ । समान खेलबाट च्यासलको चार अंक छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.