Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी आर्थिक सहयोग जुटाउन महायज्ञ हुदै

२१ खेलका राष्ट्रिय खेलाडी बाट उदघाटन गराइने, ५० करोड उठाउने लक्ष्य

User Photo सोमवार, पुस २८, २०७६
काठमाण्डाै ।

चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ हुने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै महायज्ञ गर्न लागिएको धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले जानकारी दिए ।

महायज्ञको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । महायज्ञबाट ५० करोड उठाउने लक्ष्य राखिएको छ । महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उदघाटन गराउने योजना छ ।

पुस २८ गते महायज्ञ मूल समारोह समिति घोषणा गर्ने कार्यक्रम तय भएको संयोजक विजय सुवेदीले जानकारी दिए । १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति, १५ जनाको स्टेरीङ र १०१ जनाको सचिवालय बनाइने संयोजक सुवेदीले जानकारी दिए । महायज्ञलाई कसरी सफल बनाउने भन्ने बारेमा भरतपुर महानगरपालिका वडा नं. १५ सँग जोडिएका वडाध्यक्षसहितका स्थानीय अगुवाहरुसँग छलफलसमेत गरिएको संयोजक सुवेदीले जानकारी दिए ।

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिराराम कट्टेल धुर्मुसले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपनत्व गराउने माध्यम र जोडिनका लागि सहज होस् भनेर महायज्ञ गर्न लागिएको बताए । ‘महायज्ञमा सबै नेपालीहरुको साथ रहन्छ भन्ने विश्वास लिएको छु, प्रचारप्रसार पनि हुन्छ,’ अध्यक्ष कट्टेलले भने, ‘७७ वटै जिल्लाका कक्ष रंगशालामा बन्ने भएकोले सबै जिल्लाका नागरिकहरुको सहयोग मिल्छ भन्ने अपेक्षा छ ।’ उनले रंगशालामा कमलको फूलको पत्ता सातवटा प्रदेश झल्काउने खालेको रहेकाले सातै प्रदेशमा पछि ठूला महायज्ञ पनि गर्न सकिने बताए । चितवन र यसआपसका जिल्लामा पनि विभिन्न समितिहरु बनाउने योजना छ ।

रंगशाला निर्माणस्थलमा पछिल्लो समय स्वतस्र्फूत रुपमा आएर सहयोग गर्नेको संख्या बढ्दै गएको छ । रंगशालाको पिच र ड्रेनएजको काम भैरहेको छ । दैनिक तीन सय जना मजदुरले रंगशालामा काम गरिरहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.