क्रिकेट रंगशाला

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी आर्थिक सहयोग जुटाउन महायज्ञ हुदै

२१ खेलका राष्ट्रिय खेलाडी बाट उदघाटन गराइने, ५० करोड उठाउने लक्ष्य
सोमवार, पुस २८, २०७६, काठमाण्डाै । 

चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ हुने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै महायज्ञ गर्न लागिएको धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले जानकारी दिए ।

महायज्ञको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । महायज्ञबाट ५० करोड उठाउने लक्ष्य राखिएको छ । महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उदघाटन गराउने योजना छ ।

पुस २८ गते महायज्ञ मूल समारोह समिति घोषणा गर्ने कार्यक्रम तय भएको संयोजक विजय सुवेदीले जानकारी दिए । १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति, १५ जनाको स्टेरीङ र १०१ जनाको सचिवालय बनाइने संयोजक सुवेदीले जानकारी दिए । महायज्ञलाई कसरी सफल बनाउने भन्ने बारेमा भरतपुर महानगरपालिका वडा नं. १५ सँग जोडिएका वडाध्यक्षसहितका स्थानीय अगुवाहरुसँग छलफलसमेत गरिएको संयोजक सुवेदीले जानकारी दिए ।

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिराराम कट्टेल धुर्मुसले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपनत्व गराउने माध्यम र जोडिनका लागि सहज होस् भनेर महायज्ञ गर्न लागिएको बताए । ‘महायज्ञमा सबै नेपालीहरुको साथ रहन्छ भन्ने विश्वास लिएको छु, प्रचारप्रसार पनि हुन्छ,’ अध्यक्ष कट्टेलले भने, ‘७७ वटै जिल्लाका कक्ष रंगशालामा बन्ने भएकोले सबै जिल्लाका नागरिकहरुको सहयोग मिल्छ भन्ने अपेक्षा छ ।’ उनले रंगशालामा कमलको फूलको पत्ता सातवटा प्रदेश झल्काउने खालेको रहेकाले सातै प्रदेशमा पछि ठूला महायज्ञ पनि गर्न सकिने बताए । चितवन र यसआपसका जिल्लामा पनि विभिन्न समितिहरु बनाउने योजना छ ।

रंगशाला निर्माणस्थलमा पछिल्लो समय स्वतस्र्फूत रुपमा आएर सहयोग गर्नेको संख्या बढ्दै गएको छ । रंगशालाको पिच र ड्रेनएजको काम भैरहेको छ । दैनिक तीन सय जना मजदुरले रंगशालामा काम गरिरहेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै