Kanoon Post
बिहिबार, बैशाख १३, २०८१/ April 25, 2024,
बिहिबार, बैशाख १३, २०८१

‘ए’ डिभिजन लिग: आज थ्री स्टार र हिमालयन तथा जावलाखेल र एपीएफ भिड्दै

याे सिजन एपीएफका लागी खराब, ७ खेल खेल्दा १ खेलमा मात्र जित

काठमाण्डाै ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज आठौं चरणका दुई खेल हुँदैछन् । बुधबारदेखि आठौं चरणको खेल सुरु भएको छ । पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिसलाईलाई पराजित गरेको थियो ।

आज थ्री स्टार र हिमालयन शेर्पा तथा जावलाखेल र एपीएफबीच खेल हुँदैछ ।

ललितपुरको क्लब थ्री स्टारले मध्याह्न १२ बजे सुरु हुने खेलमा हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो खेलमा थ्रि स्टारले चिर प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीसँग बराबरी खेलेको थियो । ७ खेलबाट ३ जित र २ बराबरीबाट ११ अंक जोडेको थ्री स्टार अंकतालिकामा पाँचौं स्थानमा छ । शेर्पालाई पराजित गरेमा थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।

उता अघिल्लो खेलमा मछिन्द्र क्लबको अपराजित यात्रालाई ब्रेक लगाउँदै पहिलो जित हात पारेको हिमालयन शेर्पा त्यसलाई निरन्तरता दिने योजनामा छ । शेर्पाले अघिल्लो खेलमा मछिन्द्रमाथि २–० को जित हात पारेको थियो । ७ खेलबाट ७ अंक नै जोडेको शेर्पाले ११औं स्थानमा छ । थ्री स्टारलाई हराउन सके शेर्पा सातौं स्थानमा उक्लनेछ ।

यस्तै, दिउँसो ३ बजे ललितपुरको अर्को क्लब जावलाखेलले विभागीय टोली एपीएफसँग खेल्नेछ । लिगको सुरुवातमा राम्रो प्रदर्शन गरेको जावलाखेलले पछिल्लो खेलहरूमा लय कायम राख्न सकेको छैन । ७ खेलबाट २ जित र ३ बराबरीसहित ९ अंक जोडेको जावलाखेल आठौं स्थानमा छ । एपीएफलाई पराजित गरेमा जावलाखेल शीर्ष पाँचमा पुग्नेछ ।

यस सिजन एपीएफको प्रदर्शन खराब रहेको छ । ७ खेल खेल्दा १ खेल मात्र जितेको एपीएफले ४ खेलमा हार बेहोरेको छ । १ जित २ बराबरिसहित जम्मा ५ अंक जोडेको एपीएफ रेलिगेसन छेउतिर छ । एपीएफ १३ औं स्थानमा रहँदा जितविहीन सरस्वती युथ क्लब १ अंकसहित पुछारमा छ । एपीएफले सरस्वती क्लबलाई मात्र पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading