Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

एभरफन चकलेट बालबाटिका क्रिकेट लिग सिजन २ मा आज गणेश बाबा र गुरुकुल विजयी

User Photo मङ्लबार, फाल्गुन ४, २०७७
बौनिया,कैलाली ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी एभरफन चकलेट बालबाटिका क्रिकेट लिग सिजन २ मा आज (मंगलबार) २ खेल सम्पन्न भएका छन । आज(मंगलबार) भएका खेलहरुमा गणेश बाबा र गुरुकुल बिजयी भएका छन ।

आज दिउँसो १२ बजे भएको पहिलो खेलमा गणेश बाबा बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गणेश बाबाले निर्धारित १५ ओभर खेल्दै ६ विकेट गुमाउदै १ सय २५ रन बनाउन सफल भएको थियो ।
गणेश बाबाका लागि पारष तिमिल्सिना र जनक बमले क्रमशः २५ र २६ रनको योगदान गरेका थिए । १ सय २६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कैलाली नेशनल निर्धारित १५ ओभर खेल्दै ८ विकेट गुमाउदै ९६ रन बनाउन सफल भयो र २९ रनले हार ब्यहोर्न बाध्य भएको हो । २६ बलमा १ चौका र १ छक्का हिर्काएर २५ रन बनाएका गणेश बाबाका पारष तिमिल्सिना म्यान अफ द म्याच बन्न सफल भएका थिए ।

यसै गरि आज दिउँसो ३ बजे भएको दोस्रो खेलमा गुरुकुल लम्की बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर एम ई टिकापुरले निर्धारित १५ ओभर खेल्दै ८ बिकेट गुमाउदै ७६ रन बनाउन सफल भएको थियो । गुरुकुलका लागि बिपिन बमले ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट हात पारेका थिए ।

७७ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटीेङमा आएको गुरुकुल लम्कीले १२.२ ओभर खेल्दै ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो । गुरुकुलका लागी जानु कस्गरले २ छक्का र १ चौकाको मद्धतमा १६ रनको योगदान गरेका थिए । ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट लिएका गुरुकुलका बिपिन बम म्यान अफ द म्याच बन्न सफल भए ।
यसै गरी भोली विहान ८ बजे शारदा मा वि दोधरा चादनीका विरुद्ध गणेश बाबा टीकापुर, विहान ११ बजे लिटील बुद्ध महेन्द्रनगरका विरुद्ध लिटिल फलावर धनगढी र भोलीको अन्तीम खेल भुवनेश्वरी गड्डाचौकीका विरुद्ध पायनिर्यस लम्की विच खेल हुने प्रतियोगिता संयोजक प्रमोद मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १५ हजार १ सय ११ रुपैया र द्धितिय हुनेले नगद ५७ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ । प्रतियोगिता फागुन १३ गते सम्म संचालन हुने छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.