
कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी एभरफन चकलेट बालबाटिका क्रिकेट लिग सिजन २ मा आज (मंगलबार) २ खेल सम्पन्न भएका छन । आज(मंगलबार) भएका खेलहरुमा गणेश बाबा र गुरुकुल बिजयी भएका छन ।
आज दिउँसो १२ बजे भएको पहिलो खेलमा गणेश बाबा बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गणेश बाबाले निर्धारित १५ ओभर खेल्दै ६ विकेट गुमाउदै १ सय २५ रन बनाउन सफल भएको थियो ।
गणेश बाबाका लागि पारष तिमिल्सिना र जनक बमले क्रमशः २५ र २६ रनको योगदान गरेका थिए । १ सय २६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कैलाली नेशनल निर्धारित १५ ओभर खेल्दै ८ विकेट गुमाउदै ९६ रन बनाउन सफल भयो र २९ रनले हार ब्यहोर्न बाध्य भएको हो । २६ बलमा १ चौका र १ छक्का हिर्काएर २५ रन बनाएका गणेश बाबाका पारष तिमिल्सिना म्यान अफ द म्याच बन्न सफल भएका थिए ।
यसै गरि आज दिउँसो ३ बजे भएको दोस्रो खेलमा गुरुकुल लम्की बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर एम ई टिकापुरले निर्धारित १५ ओभर खेल्दै ८ बिकेट गुमाउदै ७६ रन बनाउन सफल भएको थियो । गुरुकुलका लागि बिपिन बमले ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट हात पारेका थिए ।
७७ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटीेङमा आएको गुरुकुल लम्कीले १२.२ ओभर खेल्दै ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो । गुरुकुलका लागी जानु कस्गरले २ छक्का र १ चौकाको मद्धतमा १६ रनको योगदान गरेका थिए । ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट लिएका गुरुकुलका बिपिन बम म्यान अफ द म्याच बन्न सफल भए ।
यसै गरी भोली विहान ८ बजे शारदा मा वि दोधरा चादनीका विरुद्ध गणेश बाबा टीकापुर, विहान ११ बजे लिटील बुद्ध महेन्द्रनगरका विरुद्ध लिटिल फलावर धनगढी र भोलीको अन्तीम खेल भुवनेश्वरी गड्डाचौकीका विरुद्ध पायनिर्यस लम्की विच खेल हुने प्रतियोगिता संयोजक प्रमोद मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १५ हजार १ सय ११ रुपैया र द्धितिय हुनेले नगद ५७ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ । प्रतियोगिता फागुन १३ गते सम्म संचालन हुने छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द