एभरफन चकलेट बालबाटिका कृकेट लिग बि सि एल सिजन २ मा आज तीन खेल सम्पन्न भएका छन । आज बिहान ८:३० बजे भएको खेलमा सारदा सरस्वतीले टस जितेर गणेश बाबा लाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गणेश बाबाले ८.४ ओभर खेल्दै सबै बिकेट गुमाउँदै ३३ रन मात्र बनाउन सकेको थियो । गणेश बाबालाई ३३ रनमा रोक्ने क्रममा शारदा सरस्वतीका गणेश बटालुले ३ तथा अर्जुन साउद र बिकास सुनारले समान २/२ बिकेट लिन सफल भएका थिए । ३४ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको शारदा सरस्वतीले ५.२ ओभर खेल्दै २ बिकेट गुमाउदै लक्ष्य भेटाउन सफल भएको हो । शारदा सरस्वतीका गणेश बिटालु म्यान अफ द म्याच बन्न सफल भए । यसै गरि आज बिहान ११ बजे भएको खेलमा गत बर्ष को बिजेता लिटिल फ्लावर ७ रनले बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित १५ ओभरमा ४ बिकेट गुमाउदै ९६ रन बनाउन सफल भएको थियो । लिटिल फ्लावरका निशान्त बुढा अयरले २८ रनको योगदान गरेका थिए । ९७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको लिटिल बुद्ध ले निर्धारित १५ ओभर मध्य १३.३ ओभर खेल्दै अल आउट हुँदै ८९ रन मात्र बनाउन सक्यो र ७ रनले हार ब्यहोर्न बाध्य भएको हो । आफ्नो टिमलाई जित दिलाउने क्रममा लिटिल फ्लावरका निरज चन्दले ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट हात पारेका थिए । उनी म्यान अफ द म्याच बन्न सफल भएका थिए । यसै गरि आज भएको अन्तिम खेलमा भुवनेश्वरी बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पायनियर्सले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै ९६ रन बनाउन सफल भएको थियो । भुवनेस्वरिका हरिष भट्टले ३ ओभरमा २४ रन खर्चिदै ४ विकेट हात पार्न सफल भएका थिए । ९७ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको भुवनेस्वरीले निर्धारित १३.२ ओभरमा ७ बिकेट गुमाउदै लक्ष्य भेटाउन सफल भएको थियो । भुवनेस्वरिका लागि राहुल बिस्टले २२ बलमा ३ चौका र १ छक्काको मद्दतमा २६ रनको योगदान गरेका थिए । भुवनेस्वरिका हरिष भट्ट म्यान अफ द म्याच बन्न सफल भए ।
