Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

एभरफन चकलेट बालबाटिका क्रिकेट सिजन २ को उपाधी गुरुकुल लम्किलाई

User Photo बिहिबार, फाल्गुन १३, २०७७
बौनिया,कैलाली ।

बर्दगोरियामा सम्पन्न एभरफन बाल बाटिक क्रिकेट लिग बि सि एल सिजन २ को उपाधी गुरुकुल लम्किले उचालेको छ । उपाधी संगै नगद १ लाख १५ हजार १ सय ११ रुपैया र ट्रफि हात पार्न सफल भएको छ । आज भएको फाईनल खेलमा आर एम ई टिकापुरलाई १० रनले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुल लम्किले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाउदै १ सय रन बनाउन सफल भएको थियो । गुरुकुलका लागि जानू कस्गरले ३८ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ३१ रनको योगदान गरेका थिए ।

१ सय १ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आर एम ई टिकापुरले निर्धारित १९.१ ओभर खेल्दै सबै बिकेट गुमाउदै ९० रन मात्र बनाउन सक्यो र १० रनले हार ब्यहोर्दै उपाधी चुम्न बाट रोकिएको हो । पराजित हुँदै आर एम ई टिकापुरले ५७ ह्जार ५ सय ५५ रुपैयाँ र ट्रफी हात पार्न सफल भएको हो ।

गुरुकुललाई उपाधी दिलाउने क्रममा संगम बिष्ट ले ४ ओभरमा १४ रन खर्चिदै ४ बिकेट लिन सफल भएका थिए । उनी म्यान अफ द म्याच बन्न सफल भए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी र सबै भन्दा बढी बिकेट लिने गुरुकुल लम्किका जानू कस्गर बन्न सफल भए उनले नगद २१ हजार हात पार्न सफल भए । यसै गरि उत्कृष्ट ब्याट्सम्यान बाल बाटिकका नरेन्द्र साउद बन्न सफल भए उनले नगद ८ हजार र ट्रफी हात पार्न सफल भए । यसै गरि प्रतियोगितामा उदयिमान खेलाडी गुरुकुलका बिपिन बम बन्न सफल भए उनले नगद ५ हजार हात पार्न सफल भए ।
समापन समारोह कार्यक्रम बिद्यालयका अध्यक्ष देव मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी धनगढी क्रिकेट एकाडेमी का निर्देशक शुभाष शाही रहनु भएको थियो । यसै गरि विशिष्ट अतिथिमा सुनवस्ति विकास कम्पनी प्रा लि का सुमित्रा बस्नेत र दिपक राज अयर रहनु भएको थियो ।
प्रतियोगिता संयोजक प्रमोद मल्लले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सह संयोजक राजेन्द्र रावल ले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.