Naya Media
मङ्लबार, बैशाख ८, २०८३
| | April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

प्रथम किसान सहकारी जेसिज कपमा तेस्रो दिनको खेलमा क्याम्ब्रिज,सर्वोदय, र नाता विजयी

User Photo आइतवार, चैत्र १५, २०७७
लम्की,कैलाली ।

प्रथम किसान सहकारी जेसिज जेसिज कप क्रीकेट कप २०७७ मा आईतवार ३ वटा खेल भएका छ्न । पहिलो खेलमा सर्वोदय विद्या मन्दिरले ब्राइट फ्युचर लम्किलाई १ विकेटले पराजित गरेको छ ।
खेलमा टस जितेर ब्याटिङ्ग रोजेको ब्राइट फ्युचरले निर्धारित १५ ओभरमा दिपक शाहिको ३५ रनको मद्दतले ७ विकेटको क्षतिमा ९० रन बनाएको थियो जवाफी व्याटिङमा सर्वोदय विद्या मन्दिरले खेलमा अन्तिम बलमा खेल १ विकेटले जितेको थियो ।

दोस्रो खेलमा नाता एकेडेमी लम्किले जनजागृति माध्यमिक विद्यालय चौरिलाई ७९ रनले पराजित गरेको छ । खेलमा टस जितेर ब्याटिङ्ग रोजेको नाताले निर्धारित १५ ओभरमा प्रदिप चलाउनेको ३१रनको मद्दतले ६ विकेटको क्षतिमा १११ रन बनाएको थियो जवाफी ब्याटिङमा जनजागृती माबी चौरिले ११ ओभरमा अल आउट हुदा सम्म मात्र ३२ रन मात्र बनाउन सक्यो र पराजित भयो ।

र तेस्रो खेलमा क्याम्ब्रिज बोर्डिङ स्कुल बलिया र दसरथ माध्यामिक विद्यालय साडेपानी बीच प्रतिस्पर्धा भएको थियो । यो खेलमा दसरथ माध्यमिक विद्यालय साडेपानीलाई ८ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको दसरथ माबी साडेपानीले १४.३ओभरमा अल आउट हुदासम्म ५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा क्याम्ब्रिज बोर्डिङ स्कुल बलियाले ७.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो खेल ८ विकेटले जितेको जेसि ललित देउवाले जानकारी दिनु भएको छ ।

टिकापुर,लम्की चुहा र बर्दगोरिया क्षेत्रका १८ विद्यालयको सहभागिता रहेको क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय २१ट्रफी मेडल प्रमाणपत्र , द्वितीय हुने टीमले ३१ हजार १ सय २१ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र,पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले नगद ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ व्यवस्थितनगर खेल मैदानमा खेल भईरहेको छ ।
लम्की जेसिस आयोजक रहेको खेलको सह आयोजक लम्कीमा रहेको किसान सहकारी रहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.