
सहकारी जेसिज कप २०७७ मा चौथो दिनको खेलमा कैलाली नेशनल , कैलाली पब्लिक र नमुना विजयी भएका छ्न ।
आज भएको पहिलो खेलमा कैलाली नेशनल मोतिपुर र स्वयभुनाथ बीच भएको खेलमा कैलाली नेश्नल एकेडेमी ३३ रनले बिजयी भएको छ । कैलाली नेशनलका तपेन्द्र शाहीले २६ रन बनाए । स्वयम्भुनाथका सुशान्त रावलले १२ रन बनाएका थिए । कैलाली नेशनलका सुरिन रावल सुशान्त सोडारीले समान २ /२ विकेट लिएका थिए भने उक्त खेल कैलाली नेशनल ३३ रनले विजयी भयो ।
दोस्रो खेलमा कैलाली पब्लिक र पानशदीप स्कुलबीच भएको हो । १५ ओभरमा कैलाली पब्लिकले १ सय २५ रन बनायो कैलाली पब्लिकका लागि हेमन्त रोकायले ५२ रन अर्थात अर्धशतक प्रहार गर्दै प्रतियोगितामा दोस्रो अर्धशतक बनाउने खेलाडी बन्न सफल भए । कैलाली पब्लिकका प्रेम न्यौपानेले २३ रन बनाए । पानशदीपका प्रकाश बिष्ट र तपेश केसीले १/१ विकेट लिए । पानश बोर्डिङ स्कुलका निराजन गिरीले नट आउट २२ रन बनाउन सफल भए । कैलाली पब्लिकका दिनेश खड्का , प्रेम न्यौपाने र रमेश जोशीले २/२ विकेट हात पार्न सफल भए । उक्त खेल कैलाली पब्लिक स्कुलले ४४ रनले विजयी भयो । तेस्रो खेलमा पायनियर्स एकेडेमी र आदर्श नमुना स्कुलबीच भएको खेलमा आदर्श नमुना स्कुलले १५ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन बनायो । नमुना स्कुलका प्रेम न्यौपानेले नट आउट १७ रन बनाए । पायनियर्स स्कुल लम्कीका दिपक रेग्मीले ४ विकेट र सुजन ओलीले ३ विकेट हात पार्न सफल भए । पायनियर्स एकेडेमी लम्कीका १६ रन बनाए । नमुनाका चेतन लामिछाने , प्रेम न्यौपाने , उपेन्द्र लामिछाने , लक्ष्मण चौधरीले समान १/१ विकेट लिए । उक्त आदर्श नमुना स्कुल लम्कीले १४ रनले विजयी भयो । यस्तै बुधबार हुने पहिलो खेल स्वयम्भुनाथ स्कुल र आर एमइ स्कुल टीकापुर , दोस्रो खेल उज्यालो शिक्षा सदन लम्की र दशरथ मावि साडेपानी र तेस्रो खेल नाता एकेडेमी लम्की र ब्राइट फ्युचर स्कुल लम्कीबीच हुने अफिसियल प्रमोद आचार्यले जानकारी दिए ।। लम्की जेसिज मुख्य आयोजक रहेको खेलमा सह – आयोजक लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था रहेको छ । प्रथम संस्करणको किसान सहकारी जेसिज क्रिकेट कप प्रतियोगितामा कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रका स्कुलहरू , बर्दगोरिया गाउँपालिका क्षेत्रका स्कुलहरू , टीकापुर नगरपालिका क्षेत्रका स्कुलहरूबाट १८ वटा विद्यालयबाट १८ वटा टीमको सहभागीता रहको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द