Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

प्रथम किसान सहकारी जेसिज कपमा चौथो  दिनको  खेलमा कैलाली नेशनल,कैलाली पब्लिक र नमुना विजयी

User Photo मङ्लबार, चैत्र १७, २०७७
लम्की,कैलाली ।

 सहकारी जेसिज कप २०७७ मा चौथो दिनको खेलमा कैलाली नेशनल , कैलाली पब्लिक र नमुना विजयी भएका छ्न ।

आज भएको पहिलो खेलमा कैलाली नेशनल मोतिपुर र स्वयभुनाथ बीच भएको खेलमा कैलाली नेश्नल एकेडेमी ३३ रनले बिजयी भएको छ । कैलाली नेशनलका तपेन्द्र शाहीले २६ रन बनाए । स्वयम्भुनाथका सुशान्त रावलले १२ रन बनाएका थिए । कैलाली नेशनलका सुरिन रावल सुशान्त सोडारीले समान २ /२ विकेट लिएका थिए भने उक्त खेल कैलाली नेशनल ३३ रनले विजयी भयो ।

दोस्रो खेलमा कैलाली पब्लिक र पानशदीप स्कुलबीच भएको हो । १५ ओभरमा कैलाली पब्लिकले १ सय २५ रन बनायो कैलाली पब्लिकका लागि हेमन्त रोकायले ५२ रन अर्थात अर्धशतक प्रहार गर्दै प्रतियोगितामा दोस्रो अर्धशतक बनाउने खेलाडी बन्न सफल भए । कैलाली पब्लिकका प्रेम न्यौपानेले २३ रन बनाए । पानशदीपका प्रकाश बिष्ट र तपेश केसीले १/१ विकेट लिए । पानश बोर्डिङ स्कुलका निराजन गिरीले नट आउट २२ रन बनाउन सफल भए । कैलाली पब्लिकका दिनेश खड्का , प्रेम न्यौपाने र रमेश जोशीले २/२ विकेट हात पार्न सफल भए । उक्त खेल कैलाली पब्लिक स्कुलले ४४ रनले विजयी भयो ।                                                                                                                                                   तेस्रो खेलमा पायनियर्स एकेडेमी र आदर्श नमुना स्कुलबीच भएको खेलमा आदर्श नमुना स्कुलले १५ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन बनायो । नमुना स्कुलका प्रेम न्यौपानेले नट आउट १७ रन बनाए । पायनियर्स स्कुल लम्कीका दिपक रेग्मीले ४ विकेट र सुजन ओलीले ३ विकेट हात पार्न सफल भए । पायनियर्स एकेडेमी लम्कीका १६ रन बनाए । नमुनाका चेतन लामिछाने , प्रेम न्यौपाने , उपेन्द्र लामिछाने , लक्ष्मण चौधरीले समान १/१ विकेट लिए । उक्त आदर्श नमुना स्कुल लम्कीले १४ रनले विजयी भयो ।                                                                       यस्तै बुधबार हुने पहिलो खेल स्वयम्भुनाथ स्कुल र आर एमइ स्कुल टीकापुर , दोस्रो खेल उज्यालो शिक्षा सदन लम्की र दशरथ मावि साडेपानी र तेस्रो खेल नाता एकेडेमी लम्की र ब्राइट फ्युचर स्कुल लम्कीबीच हुने अफिसियल प्रमोद आचार्यले जानकारी दिए ।।                                                                                                             लम्की जेसिज मुख्य आयोजक रहेको खेलमा सह – आयोजक लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था रहेको छ । प्रथम संस्करणको किसान सहकारी जेसिज क्रिकेट कप प्रतियोगितामा  कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रका स्कुलहरू , बर्दगोरिया गाउँपालिका क्षेत्रका स्कुलहरू , टीकापुर नगरपालिका क्षेत्रका स्कुलहरूबाट १८ वटा विद्यालयबाट १८ वटा टीमको सहभागीता रहको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.