Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

आसिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित

User Photo बुधबार, चैत्र १६, २०७८
काठमाण्डौ ।

आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । आसिफलाई सायद अजिजले क्याच आउट गराए ।नेपालका लागि दिलीप नाथले १५ रन बनाउँदा कुशल मल्लले २ रन बनाए ।

यसअघि नेपालले दोस्रो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका कुशल भुर्तेललाई मलेसियाका पवनदीप सिंहले क्याच आउट गराए । चौथो ओभरको अन्तिम बलमा मलेसियाले दोस्रो सफलता हाल पार्‍यो । पवनदीपले रोहित कुमार पौड्यलले एलबीडब्लू आउट गराए ।

नेपालका दीपेन्द्र सिंह ऐरी तेस्रो विकेटको रूपमा पेवेलियन फर्किए । उनलाई मोहमद अमरिले २१ रनमा क्याच आउट गराए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

मलेसियाका लागि विजय युनी ३ रन बनाएर रन आउट भए । मलेसियाले पहिलो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका करण केसीले भिरनदीप सिंहलाई बोल्ड आउट गराए ।मलेसियाले सातौँ ओभरको पाँचौँ बलमा आफ्नो दोस्रो विकेट गुमायो मलेसियाका जुबदी जुल्किलेलाई कुशल मल्लले ३२ रनमा बोल्ड आउट गराए ।

१२औँ ओभरको पाँचौँ बलमा मलेसियाले आफ्नो तेस्रो विकेट गुमायो । मलेसियाका सायद अजिजलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराए । सन्दीपले नेपालका लागि सन्दीप लामिछानेले चौथो सफलता दिलाए । सन्दीपले १३औँ ओभरको दोस्रो बलमा अहेमद फिजालाई २४ रनमा क्याच आउट गराए ।

सन्दीपले नै १७औँ ओभरको पहिलो बलमा सुरभिन मुनिन्देलाई ९ रनमा क्याच आउट गराए । ​१८औँ ओभरको अन्तिम बलमा मलेसियाले आफ्नो छैटौं विकेट गुमायो । मलेसियाका मोहमद अमिरलाई अबिनास बोहोराले एलबीडब्लू आउट गराए ।

१९औँ ओभरको चौथो बलमा मलेसियाले आफ्नो सातौँ विकेट गुमायो । मलेसियाका अमर जुहदी हाजलानलाई करण केसीले खाता नखोल्दै क्याच आउट गराए । जितसँगै नेपालले दुई खेलमा ४ अङ्क जोडेको छ । पराजित मलेसियाले २ खेलमा २ अङ्क जोडेको छ । पीएनजी भने अङ्क विहीन छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.