Kanoon Post
बिहिबार, बैशाख २०, २०८१/ May 2, 2024,
बिहिबार, बैशाख २०, २०८१

निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन

काठमाण्डाै ।

कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन ।

ढिस्कोमा पुरिएर घाइते ३ काे उपचार भइरहेकाे छ । समाचार अनुसार, घाइतेको पहिचान खुल्न बाँकी छ ।

ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading