कञ्चनपुरको बेलौरी घर भएका चर्चित मोडल सुरज रावलको “एउटै धर्ती” म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । सामना म्युजिकको प्रस्तुती तथा बजार व्यवस्थापनमा तयार भएको यस म्युजिक भिडियोमा मोडल रावललाई मोडल ज्योति बरालले साथ दिएकी छिन ।
चर्चित गायक भागिरथ चलाउने र गायिका भावना अर्यालको स्वरमा रेकर्ड भएको गीतको संगीत कुमार परियारले दिएका छन । यस गीतमा शब्द शृजना समेत संगीतकार कुमार परियारकै रहेको छ ।
दिपक गिरिले छायांकन गरेको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन । ग्यालेक्सी नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको यस म्युजिक भिडियोको निर्देशन गौतम शेर्पाले गरेका हुन । मोडल रावलले अभिनय गरेका दर्जनौ म्युजिक भिडियाे बजारमा आइसकेका छन।
हेर्नुहाेस भिडियाे
