Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

‘भद्रगोल’का ‘जिग्री’ र ‘पाँडे’ले नयाँ टेलिश्रृङ्खला ल्याउँदै’

User Photo सोमवार, भदौ २३, २०७६
काठमाण्डाै ।

काठमाडौं । चर्चित हास्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका साथ देखिने भएको छ ।

सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको हो । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएका हुन् । श्रृखलाको नाम भने अहिले गोप्य राखिएको छ ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ । श्रृखलाको नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना उनीहरुको रहेको छ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग छ । उसले पुरानै भद्रगोलको नयाँ कलाकार लिएर निरन्तरता दिइसकेकोले यसका युनिटले अर्काे निर्माण गर्नु परेको हो ।

श्रृङ्खला असोज २ गतेदेखि हरेक बिहीबार राती ८ :५०मा नेपाल टेलिभिजनबाट प्रसारण आउने बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.