काठमाडौं । रियालटी शो ‘मेरो डान्स कप’को चौथो सिजन र ‘मेरो भ्वाइस कप’को दोस्रो सिजन औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानिमा आयोजित एक कार्यक्रममा आयोजकले दुबै रियालटी शो अमेरिकामा आयोजना हुन लागेको जानकारी दियो ।
‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायक रहने छन् । नृत्य र गायनमा रुचि हुने नवप्रतिभाहरुलाई अवसर दिने उद्येश्यले शो गर्न लागिएको हो । अमेरिकाको ओहोयास्थिति एक्रोनमा ४ जनवरीमा ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को अमेरिकाको विभिन्न शहरमा अडिसन हुनेछ ।
अडिसनबाट छानिएका करिब २० नवप्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने अभिनेत्री केकी अधिकारीले कार्यक्रममा जानकारी दिइन् । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का विजेताले टोयोटा कार र १० तोला सुन उपहारको रुपमा जित्ने कार्यक्रममा आयोजकले जानकारी दियो ।
त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउँनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्य मध्येकी अभिनेत्री रिमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो । नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी शो ओपन प्लाटफर्म रहेको अभिनेत्री केकीको भनाई रहेको छ ।
उद्घाटन कार्यक्रममा सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्त लगायत कलाकार अतिथिको रुपमा रहने आयोजकले जनाएको छ ।