काेराेना पाेजटिभ

३२ दिनअघि कोरियाबाट नेपाल आएका चितवनका एक युवकमा पनि काेराेना पाेजटिभ

बुधबार, बैशाख ३, २०७७, काठमाण्डाै । 

चितवनको रत्ननगरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा काेराेना पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए ।

रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १० देखि १६ सम्म विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको मंगलबार र बुधबार आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

त्यस क्रममा एक जनाको मात्र नतिजा पोजेटिभ आएको हो । सात जनाको स्वाब संकलन गरी भरतपुरको कोरोना प्रयोगशालामा पठाइएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै