पछिल्लाे अपडेट अनुसार कैलालीमा थप ६२ जना नयाँ काेराेना संक्रमित थपिएकाछन । याे संगै कैलाली जिल्लामा संक्रमितकाे संख्या ४ सय ३ पुगेकाेछ । सुदुरपश्चिममै सबै भन्दा धेरै संक्रमित कैलालीकै रहेकाछन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १६ जना र सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा भएकाे परिक्षणमा ४६ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।
धनगढी प्रयोगशालामा भएकाे परिक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । ४२ बर्षीया महिलाको स्थानीय तह खुलेको छैन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा कैलाली एक महिला र १५ पुरुष गरी १६ जनामा काेराेना पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ। उनीहरू स्थानियतह खुल्न बाकी छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय ७७ पुगेको छ भने कैलालीमा जम्मा संक्रमित संख्या चार सय तीन पुगेकाे छ ।